
गगन अर्याल
काठमाडौंकी रैथाने ३२ वर्षीया सविता (नाम परिर्वतन) एउटा प्राइभेट कार्यलयमा काम गर्छिन् । विवाह भएकाे ७ वर्ष भयो । एक छोरा छन् । उनी नर्सरीमा पढ्छन् ।
काठमाडौंमै जन्मे/हुर्केकी, शिक्षित परिवारमा विवाह भएकी उनको घरमा श्रीमानसँगै सासूससुरा पनि छन् ।
श्रीमानले समेत प्राइभेट सेक्टरमै जागिर गर्छन् । परिवार राम्रैसँग चलिरहेको थियो ।
उनको नजिकै कान्छो ससुराको घर छ । कान्छो ससुराले समेत जागिर गर्छन् ।
अफिस पनि नजिक–नजिक भएकाले उनी कान्छो ससुरासँगै अफिससम्म जान्थिन् ।
यो सुखी र खुशी परिवारमा एक दिन युट्युबरको आँखा लाग्यो ।
युट्युबरहरू शिशिर अधिकारी, पिंकला कार्की र रोधन तामाङ लगायतले डलर कमाउने ध्याउन्नमा उनको ससुरा रामबहादुर (नाम परिर्वतन)को कान फुक्न थाले । ‘तपाईंकी बुहारीको बानी ठीक छैन । कान्छो ससुरासँग लागेकी छ,’ भनेर चुक्ली लगाए ।
शुरूमा त उनले पत्याएनन् । कुरा लगाउने युट्युबरहरूलाई नै थर्काएर पठाए ।
तर, युट्युबरहरूले उनलाई कुरा लगाउन छाडेनन् । दिनदिनै पुगेर आज यसो गरी, हिजो यसो गरी भनेर सुनाउन थाले ।
गलत कुरालाई पनि पटक–पटक सुन्दा रामबहादुरलाई हो कि जस्तो लाग्न थाल्यो ।
उनले बुहारीका हरेक गतिविधिलाई शंकाको नजरले हेर्न थाले । उनलाई बुहारी गलत छिन् भन्ने नै लाग्न थाल्यो ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया