सोमबार, ११ अगस्ट २०२५

एनआरएनएले बोलायो केन्द्रीय समितिको बैठक

File Photo
• • •

गैरआवासीय नेपाली संघ (एनआरएनएं) कोे ८१ औं बैठक आगामी साता बस्ने भएको छ। संघका महासचिव डा हेमराज शर्माका अनुसार सो बैठक जनवरी १५ का दिन नेपालको समय अनुसार दिउँसो दुई बजे बस्ने गरि डाकिएको हो। 

बैठकमा आगामी दशौं महाधिवेशन र संघको निर्वाचन प्रमुख एजेण्डा लगायतका विषयमा छलफल हुने बताएको छ। संघको महाधिवेशनमा प्रतिनिधि छनौटको विषय प्रमुख रुपमा विवादित हुँदा निर्वाचन र महाधिवेशन लामोसमयदेखि रोकिएको छ। 

 केन्द्रीय समितिको बैठक अगावै निर्वाचन सम्बन्धी तालिका प्रकाशन गर्ने तयारी गरिएको छ। महाधिवेशन प्रतिनिधि विवाद सल्टाउन अध्यक्षका प्रत्यासी डा. बद्री केसी, रविना थापा र कुल आचार्यबीच पटकपटक औपचारिक र अनौपचारिक बैठकहरु सम्पन्न भएका छन्। 

संघका अध्यक्ष कुमार पन्तद्धारा विवाद मिलाउन गठित एक उपसमितिभित्र केन्द्रीय प्रतिनिधि विवादमा सहमति जुटेको दावी गरिएको छ।

शुक्रबार, पौष २३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)