बिहिबार, १४ अगस्ट २०२५

आफ्नै अनुहारमा समस्या आएपछि छाला विशेषज्ञ बनेकी संगीता

सेतोपाटी

सेतोपाटी

काठमाडौँ
News Image
• • •

ऐना छ र त मान्छे शताब्दीऔंदेखि आफ्नो अनुहार हेरेर मनैमन मस्किन पाएको छ। सुर्खेतबाट प्लस-टुको पढाइ सकेर काठमाडौं आउनुअघि संगीत पुरी पनि ऐनामा आफ्नै रूप हेरेर मख्ख पर्थिन्। तर जसै काठमाडौं आइन् उनलाई एलर्जीले सताउन थाल्यो।

उनका दिदी र साथीहरू मेकअप गरेर सिँगारिन्थे। अरू सिँगारिएको देख्दा उनलाई पनि 'राम्री' बन्न मन लाग्थ्यो। सुन्दर देखिने रहरमा जब उनी कुनै क्रिम लगाउँथिन्, एलर्जी थप बढ्थ्यो। अनुहार सुन्निन्थ्यो पनि।

यस्तो समस्याबाट पार पाउन उनले डाक्टर र विशेषज्ञको सल्लाह-सुझाव लिइन्। थरीथरीका क्रिम र औषधि लगाइन्। ब्युटीपार्लर धाइन्। एलर्जी कम हुनुको साटो बढिरह्यो।

शुक्रबार, पौष ३०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!