                                ईश्वरी राई (इशु)
 
                                सेतै फुलेको कपाल। त्यसमाथि लगाएको कालो रङको टोपी। घाँटीमा बेरिएको सेतो गलबन्दी। खुट्टामा लगाइएको कालो फुस्रो जुत्ता। चाउरिपरेका मुहार। अनि हातमा आफूले बनाइएका ‘पिरा’।
 काठमाडौंको सुन्धारास्थित काठमाडौं मलको भर्र्याङमा टुसुक्क बसिरहेका भेटिए, धादिङ बैरेनीका ८८ वर्षका वृद्ध। तपाइको नाम के हो बुबा?  उनको जवाफ थियो ‘नाम भनेर त के पाउनु नानी। थर तामाङ हो भनेर लेख्दिनुस है।’

घरमा आराम गर्ने उमेर हो उनको। ‘आराम गर्ने त कर्म पनि हुनुपर्ने रहि छ नी नानी।’
काठमाडौंका गल्ली, चोक, कार्यालय, घर कुन ठाउँमा पुगेका छैनन् होला र तामाङ हातमा पीरा बोकेर।
 ‘बिके त आनन्द आउँछ नी। दिनभरी डुलेर बेलुका एउटा नी नबेची फर्किन पर्यो भने पो आँखाबाट तुरुक्क आँसु आउन खोज्छ।’
‘बिके त आनन्द आउँछ नी। दिनभरी डुलेर बेलुका एउटा नी नबेची फर्किन पर्यो भने पो आँखाबाट तुरुक्क आँसु आउन खोज्छ।’
उमेरले डाँडा काटिसकेको छ तै पनि उनलाई हरेर बिहान आफूले जानेको सिपलाई उप्रयोग गर्न छोडेका छैनन्।
सिकेको सिपलाइ यो शरिर रहुन्जेलसम्म प्रयोगमा ल्याइरहनुपर्छ भन्ने उनको विचार छ।
 ‘काम गर्न सक्ने हुन्जेल आफूले सिकेको सिपलाई छोड्नुहुदैँन नी नानी’ उनले भन।
‘काम गर्न सक्ने हुन्जेल आफूले सिकेको सिपलाई छोड्नुहुदैँन नी नानी’ उनले भन।
बुवा कसरी बन्छ पिरा?
‘पहिला त मकैका खोष्टा जम्मा गर्नु पर्यो नान’ खोस्टालाई घाममा सुकाउनु पर्यो। त्यहिबाट पिरा बन्ने हो।’ भन्दा त सजिलो छ नानी बनाउन त यति सजिलो छैन नी।’
करिब आधाकिलो मकैको खोष्टालाई दुइ दिन घाममा सुकाएपछि एउटा पिरा बन्छ। ‘राम्रोसँग घाममा सुकाउन पाइएन भने पिरा बलियो बन्दैन। धेरैले कमसल पिरा बनाउँछन सस्तोमा बेच्छन।’ उनले भन
आफूले बनाउका पिरा ५ वर्ष त टिक्ने बताउँदै उनले भने, ‘आज २५ वटा बेचिसके। १० मात्र बाँकी छ।’ त्यसैले उनको अनुहारमा चमक छ।
 ‘कहिलेकाहीँ त बुढो शरीर थपक्क भुइँमा बसेर धुरुक्क रुन मन लाग्छ। एउटा नी बिक्दैन अनि’, उनले भने।
‘कहिलेकाहीँ त बुढो शरीर थपक्क भुइँमा बसेर धुरुक्क रुन मन लाग्छ। एउटा नी बिक्दैन अनि’, उनले भने।
उमेर बुढो भएनी हातको सिप बेचेर दैनिकी चलाइरहेका तामाङ भन्छन्, ‘आजकलका केटाकेटीहरु सिप सिक्न लाज मान्छन्। बरु बाहिर गएर चौकीदारी गर्न रुचाउँछन्।’
बासँग कुरा गर्दा गर्दै पिरा किन्न एउटा युवक आए। ‘कति हो बुबा?’ बाले भने, ‘जम्मा ३ सय हो बाबु।’ युवक भन्दै थिए ‘निकै मेहेनत पो चाहिन्छ त यो बनाउन। निकै सस्तो भएन बुवा?’ तामाङ भन्दै थिए ‘यहि त महंगो भएर कहिले एउटा बिक्दैन।’
 कसैले भने साह्रै मूल्य घटाउन खोज्छन्, यो बेला भने आफूलाई खुब झोक चल्ने बताउँछन् तामाङ। ‘२ सय मा दिनुस् नी भन्न पछि पर्दैनन् मान्छे। कन्सरीको रौँ तातिएर आउँछ’, उनी भन्छन्।
कसैले भने साह्रै मूल्य घटाउन खोज्छन्, यो बेला भने आफूलाई खुब झोक चल्ने बताउँछन् तामाङ। ‘२ सय मा दिनुस् नी भन्न पछि पर्दैनन् मान्छे। कन्सरीको रौँ तातिएर आउँछ’, उनी भन्छन्।
उनको कालिमाटीमा डेरा छ तर सुन्धारामा सबैभन्दा बढी पिरा बिक्री हुने गरेको छ। ‘जता बिक्री हुन्छ, त्यतै दौडिन्छु नानी’, मधुर स्वरमा उनले भने।
 
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया