बिहिबार, १४ अगस्ट २०२५

'ग्यारेन्टी उपचार'को झुटको खेतीमा फस्दै बिरामी, घट्दै आयुर्वेदको साख

उकेरा

उकेरा

काठमाडौँ
News Image
• • •

बजारमा 'ग्यारेन्टीका साथ उपचार गर्ने' भन्दै माइकिङ गरेको नसुन्ने को होला? 'घुँडा दुख्ने, शरीर दुख्ने,पोल्ने समस्या हिमाली जडिबुटीको तेल लगाएर सञ्चो बनाउने नभए पैसा फिर्ता दिने' भन्दै माइकिङ भइरहेको जताततै सुनिन्छ।

पहिले-पहिले चोक र फुटपाथमा मात्र सुनिने यस्ता विज्ञापन आजभोलि टिभी र रेडियो जस्ता सञ्चारमाध्यमले पनि विनाहिच्किचाहट प्रशारण गर्ने गरेका छन्।

तर के तिनले भने जस्तै आयुर्वेदले ग्यारेन्टीका साथ उपचार गर्छ त?

आयुर्वेद पुरानो चिकित्सा प्रणाली होl आयुर्वेदको मुख्य उद्देश्य  भनेको स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने र रोगीको उपचार गर्ने होl

आयुर्वेदमा व्यक्तिको प्रकृतिअनुसार नै उपचार हुन्छ। औषधि पनि व्यक्तिअनुसार छुट्टा छुट्टै हुन्छl कुनै सीमित औषधिबाहेक अरू औषधि आयुर्वेद चिकित्सकसँग सल्लाह गरेर मात्र सेवन गर्नुपर्दछ। यदि जथाभावी प्रयोग गरेमा यसले नकारात्मक असर गर्दछl

झुटो प्रचारमा फस्दै बिरामी
आयुर्वेद औषधिले 'साइड इफेक्ट' गर्दैन, सबै रोगको उपचार जडिबुटीबाट गरिन्छ, क्यान्सरदेखि एड्ससम्म निको हुन्छ भन्दै गरिने विज्ञापन र  झुटो प्रचार जताततै देखिन्छ।

३-४ दिनअघिको कुरा हो, एकजना करिब ४५ वर्षका व्यक्ति- 'मेरो बालाई क्यान्सर छ, रेडियोमा आयुर्वेद औषधिले क्यान्सरको ग्यारेन्टी उपचार हुन्छ भन्ने सुनेको थिएँ, मलाई क्यान्सर निको गराउने औषधि दिनु न' भन्दै आए। 

 

मंगलबार, माघ ०४, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)