मङ्गलबार, १२ अगस्ट २०२५

सामसुङ ग्यालेक्सीकाे एस २२ सार्वजनिक हुदैँ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Photo: PTI
• • •

सामसुङ  ग्यालेक्सीले सन २०२२ को सुरुआतमा आफ्नो दुइवटा नयाँ फोन सार्वजनिक गर्दै छ।

हालैका दिनहरुमा मात्रै कम्पनीले फोनको फोटो सार्वजनिक गरेको छ। सामसुङ ग्यालेक्सी एस २२, एस २२ प्लस र ग्यालेक्सी एस २२ अल्टा छिटै बजारमा सार्वजनिक हुदैँ छ। ग्यालेक्सी एस २२ मा तीन वटा क्यामेरा रहेको छ, जसअन्तर्गत फोनको मुख्य क्यामेरा ५० मेगापिक्सलको छ, १२ मेगापिक्सलको अल्टावाइड क्यामेरा साथै १० मेगापिक्सलको टेलिफोटो क्यामेरा रहेको छ।

त्यस्तै ग्यालेक्सी एस २२ अल्टामा फोनकाे पछाडि चार वटा क्यामेरा रहेको छ, मुख्य क्यामेरा भने १०८ मेगापिक्सलको रहनेछ, १२ मेगापिक्सल अल्टा्रवाइड क्यामेरा १० मेगापिक्सलको टेलिफोटो क्यामेरा र साथै अर्का १० मेगापिक्सलको भएको टेलिफोटो क्यामेरा रहनेछ। सो फोनको र्याम १२ जिबि, हुनेछ। सो फोनको रगं भने सेतो,कालो, हरियो रगमा उपलब्ध हुनेछ।

सोमबार, माघ १०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)