आइतबार, १७ अगस्ट २०२५

थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्‍यु

File Photo
• • •

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी गत २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन्।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ जना पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित रहेका छन्।

 

बिहिबार, माघ १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)