बुधबार, २७ अगस्ट २०२५

'हाम्रो इतिहासमा को सुपात्र र को कुपात्र कसैलाई थाहै छैन'

हिमाल खबर

हिमाल खबर

काठमाडौँ
News Image
• • •

९०औं जन्मोत्सवको धेरै शुभकामना। आजकाल के गर्दै हुनुहुन्छ?

धन्यवाद। आफूले लेखेका पुस्तकहरू शुद्ध्याउँछु। पुनःमुद्रणका लागि प्रेसमा गएका पुस्तक हेर्ने र मिलाउने गरिरहेको छु। नयाँ लेख पनि लेख्छु। 

इतिहास केलाउने व्यक्ति आफ्नै जीवनको अतीततिर विचरण गर्दा मनमा के कुरा खेल्छन्?

मैले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल र एशियाली अध्ययन केन्द्र (सिनास) मा २०३५ सालदेखि १७ वर्ष काम गरें। त्यस अवधिमा १३ वटा पुस्तकको पाण्डुलिपि तयार पारेको थिएँ। तर, ती सबै त्यहींबाट हराए। यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानमा पाँच वर्ष बसें। त्यहाँ रहँदा पनि अरूलाई काम लगाएर धेरै पुस्तक तयार पारें। आफ्ना पनि तीन–चार वटा पाण्डुलिपि तयार भएका थिए।

सङ्गृहीत सामग्री कुनै अरूले नै आफ्नो नाउँमा छपाए त कुनै हराए। धेरै सङ्गृहीत दस्तावेज र लेखेका सामग्री २०७० सालको चैत्रमा मेरा घरमा लागेको आगलागीमा परी नाशिए। यस्तै यस्तै सङ्घर्ष र पीडाका कुरा मनमगजमा आउँछन्। यिनै अनुभव र सम्झनालाई लिपिबद्ध गर्नुपर्‍यो भनेर पछिल्लो समय आत्मकेन्द्रित भएर लेख्न थालें। २०६५ सालमा प्रकाशित सानो पुस्तकमा धेरै कुरा थपेर स्मृति र अनुभूतिः विश्वेश्वरदेखि विभूतिसम्म पुस्तक तयार पारेको छु। प्रकाशोन्मुख यो कृति ६०० पृष्ठ जत्तिको छ। 
 

आइतबार, माघ २३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)