हेलिकप्टर चढेर सात वर्षपछि रोल्पा पुगे प्रचण्ड (फोटो फिचर)

नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० वर्षे जनयुद्धको आधारक्षेत्र रोल्पा पुगेका छन्। उनी पार्टीको आमसभासँगै जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन गर्न हेलिकप्टर चढेर सात वर्षपछि लिबाङ आइपुगेका हुन्।

युद्धताका रोल्पा–रूकुममा बसेका प्रचण्डलाई शान्तिकालपछि भेटेर माया–ममता साट्न निकै मुस्किल परेको स्थानीयहरूको गुनासो छ। उनी स्थानीय तहको निर्वाचनका लागि भोट माग्न सात वर्षपछि हेलिकप्टर चढेर रोल्पा ओर्लिएका हुन्।

प्रचण्डले सातदोबाटोस्थित जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन र पार्टी आमसभालाई सम्बोधन गर्नेछन्। सभालाई प्रचण्डसँगै प्रवक्ता कृष्णबहादुर महरा, नेत्री जयपुरी घर्ती, केन्द्रीय सदस्य जोखबहादुर महरा, सीता आचार्यलगायतका नेताहरूले सम्बोधन गर्ने माओवादी केन्द्र रोल्पाले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-28 12:39:00

प्रतिकृया दिनुहोस्