ध्रुब बस्याल
स्थानीय तहको निर्वाचन नजिकिएसँगै देशभर उम्मेदवाको आकांक्षी बढिरहेका छन्। युवा हाेस् या वृद्ध सबै जना विभिन्न पदकाे लागि आ-आफ्नो उम्मेदवारी दाबी गरिरहेका छन्।
उम्मेदवारकाे आकांक्षा राख्नेहरूमा कतिपय नयाँ व्यक्तिहरू छन् भने कतिपय दाेहाेरिन चाहिरहेका छन्। विशेष गरी युवा पुस्तामा पनि चुनावी प्रभाव धेरै देखिएकाे छ।
यही चुनावी माहाेलसँगै स्वर्गद्वारी नगरपालिका वडा नं. ५, सारीमा स्थायी घर भएका २७ वर्षीय घनश्याम आचार्यले (अस्तित्व) ले स्वर्गद्वारी नगरपालिकाको लागि नगर प्रमुख (मेयर) पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिने निर्णय घोषणा गरेका छन्।
अबकाे निर्वाचनपछिकाे कार्यकालका लागि नगरपालिकाको मेयर पदमा कसले बाजी मार्ला भन्ने सबैलाई कौतुहल भएको बेला नयाँ अनुहारको रूपमा घनश्याम आचार्य देखिएका छन्।
औपचारिक शिक्षा गाउँकै उमा महेश्वरी माध्यमिक विद्यालयबाट सुरू गरेका आचार्यले अङ्ग्रेजी बिषयमा राप्ती शिक्षा क्याम्पस घोराही, दाङबाट स्नातकोत्तर गरेका छन्। सानैदेखि जिज्ञासु, गम्भीर र अध्ययनप्रति लगनशिल भएका आचार्य पढाइ सकेपछि शिक्षण पेसामा लागेका थिए।
दाङकाे ज्ञानसिन्धु उच्च माध्यमिक विद्यालयमा झण्डै पाँच बर्ष अध्यापन गराएका आचार्य साहित्यिक क्षेत्रमा पनि निकै अब्बल देखिन्छन्।राप्ती क्षेत्रको साहित्यिक विधामा आफ्नो छुट्टै नाम कमाएका आचार्य साहित्य विधाका कविको रूपमा परिचित छन्।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेका आचार्यसंग बिएल नेपाली सेवाले गरेकाे कुराकानी प्रस्तुत छ :
स्वर्गद्वारीकाे मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ। तयारी कसरी अगाडि बढाउनु भएको छ? जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?
स्थानीय चुनाव नजिकिँदै गर्दा तयारी विस्तारै अगाडि बढिरहेको छ। जित र हार खेलको नियम हो। हार्छु नै भनेर खेलाडी मैदानमा प्रवेश गरेको हुँदैन। खेलाडी मैदानमा उत्रिसकेपछि त्यसकाे रिजल्ट प्रकाशन नहुँदासम्म धैर्य गर्नुपर्छ, हार-जित अवश्य हुन्छ। आत्तिनु पर्ने त्यस्तो केही देखिँदैन।
स्वर्गद्वारीमा मैले मेयरको दाबी किन गर्छु भने धार्मिक, सांस्कृतिक सवालहरू र समग्र विकासका समस्याहरू छन्। ती कुराको समाधानको लागि मैले मेरो स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ। नगरपालिकाको समग्र सन्तुलित विकासको लागि, बेरोजगारीको अन्त्य, देशकै एक नमुना नगर बनाउन, कला-साहित्य, पर्यटन विकास, विद्यालय शिक्षालाई सैद्धान्तिकभन्दा व्यवहारिक बनाउनको लागि मेरो उम्मेदवारी घोषणा गरेको हुँ।
तपाईंले आफ्नो प्रतिस्पर्धाको कोसंग हुने अनुमान गर्नुभएको छ?
मेरो प्रतिस्पर्धा भनेको हाम्रो नगरमा रहेको राजनैतिक दलसँग हो। हाम्रो नगरमा गठबन्धन (जनमोर्चा, माओवादी, नेपाली कांग्रेस) र एमाले सक्रिय देखिन्छन्, उहाँहरूसंग नै हो।
गठबन्धन र एमालेसंगको प्रतिस्पर्धा कत्तिको चुनौतीपूर्ण रूपले लिनुभएको छ?
गठबन्धन र एमालेसंगको प्रतिस्पर्धा चुनौतीपूर्ण छ नै, तर अबको निर्वाचनमा भनेको स्थानीय स्तरबाट उम्मेदवारी छान्ने जिम्मा जनताको हातमा छ।बुझेर छान्नु हुनेछ भन्नेमा ढुक्क छु।
वर्तमान मेयरकाे घोषणापत्र हेर्दा कत्तिको पुरा गर्नुभयाे जस्ताे लाग्छ?
मेयर साबले काम नगरेको भन्न मिल्दैन, काम भएकै छ। काम कसले गरे भन्नुभन्दा पनि जिम्मेवार निकायमा रहेपछि काम हुन्छ नै, यो स्वाभाविक नै लाग्छ। त्यस्तो फरक नै गरेको जस्तो त लाग्दैन। घोषणापत्र त घोषणा गर्नकै लागि मात्र गरिएको हो। घोषणा गरेका सबै काम भएको जस्तो लाग्दैन।
हालकाे मेयरले काम गर्न सक्नुभएन भन्ने तपाईंको निष्कर्ष हो?
काम गर्नै सक्नुभएन भन्ने हैन। आफूले जिम्मेवार ठाउँमा रहेर जत्ति गर्नुभो, आफ्नो जिम्मावारी पूरा गर्नुभो। अरू नौलो गर्नुभयो जस्तो लाग्दैन।
तपाईं आजसम्म कुनै राजनैतिक दलसंग जोडिनु भएको थियो कि थिएन?
२०७० सालमा नेकपा एमालेमा प्रवेश गरी राजनीति यात्रा सुरु गरेको थिएँ। त्यसपछि ०७३ सालमा डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति निकट राष्ट्रिय युवा अभियान दाङको जिल्ला संयोजकको भएर दुई वर्ष काम गरेँ, तर ०७५ देखि राजनीतिमा नीति कार्यशैलीप्रति असन्तुष्टि भएर स्वतन्त्र भएको हुँ।
तपाईंसंग कुनै पार्टीकाे संगठन छैन। कसरी सम्भावना देख्नुभयो स्वतन्त्र उम्मेदवारीकाे?
आमजनता राजनीतिक यथास्थितिको दललाई भोट हाल्न बाध्य छन्। आम मतदातासँग विकल्प छैन। विकल्प भए पार्टी संगठन आवश्यक छैन।त्यसैले असम्भव भन्ने केही छैन।
केन्द्र र प्रदेश सरकार एउटै दलको नहुँदा त विकास गर्न गाह्राे हुने बुझाइ छ। झन् तपाईंले स्वतन्त्र रूपमा मेयर भएर कसरी काम गर्न सक्नुहुन्छ त?
सबैको बुझाइ, भोगाइ फरक–फरक हुन्छन्। काम सबैभन्दा महत्वपूर्ण हुन्छ। राजनैतिक दलमा व्यवस्थागत र इच्छागत समस्या छन्। त्यो निकायमा पुगेपछि हामीसंग भएको स्रोत/साधनलाई परिचालन गरेर काम गर्न सकिन्छ।
तपाईंले स्वर्गद्वारीको मेयर जित्नुभयो भने अहिलेको भन्दा के फरक (नयाँ) हुन्छ?
मैले पहिले पनि भनिसकेको छु। स्वर्गद्वारीमा शिक्षा, स्वाथ्य्य, यातायातलगायतका जुन अत्तिआवश्यक प्राथमिकतामा भएका समस्याहरू छन्, ती कुराको समाधान मुख्य आवश्यकता हुन्। यति कुरालाई मात्र मुख्य रूपमा राखेर काम गरे परिवर्तन यत्तिकै हुन्छ। मुख्य गरेर शिक्षामा परिवर्तन लिन सकेमात्र अरू कुरामा परिवर्तन हुन्छ। त्यसैले मैले जितेपछि वर्तमान मेयरभन्दा धेरै कुरा फरक हुन्छ।
तपाईंको चुनावी घोषणापत्र (एजेण्डा) के हो? वर्तमान मेयरभन्दा राम्रो गर्न सक्नुहुन्छ त?
घोषणापत्र तयारी गरिसकेकाे छु। विभिन्न गफ दिएर काम हुने हाेइन, वास्तविकतामै काम गरेर देखाउने पर्छ र देखाउने पनि हाे। मैले काम गर्न सक्छु, यसमा म आफैँ परिपक्क छु। कागजमा मात्रै सीमित रहने गरी घोषणा गर्दिनँ।
तपाईं त पेशा, व्यवसाय भएको मान्छे। किन राजनीति नै राज्नुभयाे?
राजनीति एउटा समाज सेवा हाे। जनताको सेवा गर्नु हामी सबैकाे दायित्व हो। त्यसैले मलाई कुनै पछुतो छैन।
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया