कांग्रेस 'किल्ला'मा माओवादीलाई मेयरः भागबण्डा मिल्यो, उर्जा सेलायाे

Breaknlinks
Breaknlinks

पाँच दलीय गठबन्धनले कांग्रेस 'किल्ला' मानिने घोराही उपमहानगरपालिकाे मेयर नेकपा (माओवादी केन्द्र)लाई दिने निर्णय गरेपछि दाङका नेता–कार्यकर्ताहरू रूष्ट छन्। गठबन्धनको बैठकले जिल्लाका दुई उपमहानगरपालिका मध्ये घोराही माओवादीलाई र तुलसीपुरमा कांग्रेसलाई मेयर पदमा उम्मेदवार उठाउने गरी भागबण्डा मिलाएकाे छ।

घोराही उपमहानगरकाे मेयर पदकाे उम्मेदवार माओवादी केन्द्रकाे भागमा परेपछि गठबन्धनले कांग्रेस दाङमाथि थप तनाब थपेकाे छ। कांग्रेसको बलियो क्षेत्र मानिने घोराहीमा आफूहरूले मेयर नै प्रमुख पाउनुपर्ने दाबी अहिले पनि जाेडताेडले उठिरहेकाे छ।

अघिल्लो ०७४ को निर्वाचनमा कांग्रेसकाे तर्फबाट उम्मेदवार बनेर हारेका भुपबहादुर डाँगीलाई नै मेयरका लागि कांग्रेसले केन्द्रमा सिफारिस पठाएकाे थियो। अघिल्लो पार्टीकाे आन्तरिक कारणले पराजित भएपनि घाेराही कांग्रेसकाे बलियाे क्षेत्र मानिन्छ। तर गठबन्धनबाट मेयर नपाएपछि स्थानीय कांग्रेस कार्यक्रताहरू भने चिन्तित छन्।

माओवादीको भागमा मेयर परेसँगै चोकचोकमा वाकयुद्ध शुरू हुनुका साथै कांग्रेसी कार्यक्रताको उर्जा सेलाएको कांग्रेस घोराही नगर सभापति तिलक रावतले बताएका छन्।

‘हामी घोराहीमा बलियो पार्टी हौँ। यहाँ हामीले नै मेयर पाउनु पर्ने भन्ने थियो। तर केन्द्रले घोराहीको जनआकांक्षाबाहिर गएर निर्णय गर्यो, यसले कांग्रेसी कार्यक्रता रूष्ट भएको छन् भने चोकचोकमा वाकयुद्ध शुरू भएको छ। उनीहरूको उर्जा पनि सेलाएको छ,’ उनले विएल नेपाली सेवासँग भने।

सभापति रावलले प्रतिगमनका विरूद्धमा केन्द्रबाटै गठबन्धन भएको भन्दै घोराहीमा आफूहरूले मेयर नपाउनु जनताको भावना विपरित भएको पनि बताएका छन्। यद्यपी मंगलबार पनि घोराही कांग्रेसले पत्रकार सम्मेलन नै गरेर घोराहीमा कांग्रेसले नै मेयर पाउनुपर्ने दावी गरेको थियो। कांग्रेसले मेयर पाउन सकेन भने नतिजा राम्रो नहुनेसमेत चेतावनी दिएको थियो। 

तर बधुबार केन्द्रबाटै घोराहीमा कांग्रेसको भागमा मेयर नपरेपछि यस विषयमा छलफल भइरहेको बिहीबार थप कदम चालिने घोराही नगरसभापति रावतले बताएका छन्। यसअघि घोराहीका लागि कांग्रेसबाट मेयरमा सिफारिस भएका डाँगीले आफूहरूले मेयर पाउन नसके गठबन्धन टुट्न सक्ने सम्मको चेतावनी दिइसकेका छन्।

यसैबीच माओवादी केन्द्रले घाेराहीबाट मेयरकाे उम्मेदवारका लागि हेमराज शर्मा ‘डायमण्ड’लाई सिफारिस गरेको छ। माओवादीबाट मेयरका तीव्र आकांक्षी जीवन गौतमले टिकट नपाउने थाहा पाएपछि मंगलबार नै  पार्टीको साधारण सदस्य नरहने गरी पार्टी त्यागेको घोषणा गरेका छन्।

प्रकाशित मिति: : 2022-04-21 08:37:00

प्रतिकृया दिनुहोस्