बुहारी, छोरा नै पाउनु है!

सेतोपाटी

रुमु न्यौपाने

विवाहपछिको सबैभन्दा ठूलो खुशी हो आमा बन्न पाउनु। यो सौभाग्यबाट बञ्चित हुने पनि टन्नै छन् समाजमा। त्यसो त आजभोलि छोराछोरी बुढेसकालका साहरा हुन् भनेर गर्व गरिहाल्न पनि सकिन्न। किनकि, अधिकांश छोराछोरीलाई विदेश जानकै हतारो हुन्छ। 

उच्च शिक्षा अध्ययनका लागि विदेशिनेको संख्या बग्रेल्ती छन्। तै पनि बुवाआमाहरू सन्तान सधैं आफ्नै आसपास हुन् भनेर कामना गर्न छोड्दैनन्। यद्यपि कतिपय अभिभावक भने अस्ट्रेलिया, अमेरिका क्यानडाको केटा भेट्दा दंग परेर केही नसोची छोरीको विवाह गरिदिन्छन्। 

तीमध्ये कमै अभिभावक अपवादमा पर्छन् जसले आफ्ना छोराछोरीले नेपालमै केही गरून् भन्ने चाहना राख्छन्। अनि तीनै अभिभावकका छोराछोरी नेपाललाई अनेक गाली गलौज गर्दै अन्तिममा उडेरै छोड्छन्। 

यसरी आफूले अनेक सपना देखेर हुर्काई बढाई गरेको सन्तानले आफ्नो बचन तोड्दा बुढा भएका बुवाआमाको मन कति दुख्ला?  त्यसैले त बुढापाका भन्ने गर्थे, ‘बाह्र छोरा तेह्र नाती, बुढाको धोक्रो काँधै माथि।’ 

जे जस्तो भए पनि छोरा छोरी पाउने, राम्रो शिक्षा दिक्षा दिने सपना बोकेर बाँचिरहेका हुन्छन् हरेक अभिभावक।

केहीदिन अगाडि अफिस जाने क्रममा मेरो एकदमै मिल्ने आत्मनिर्भर साथी संगीतासँग बाटोमा भेट भयो। संगीता आफ्नै विजनेस चलाएर बसेकी छ।  उनलाई त्यसदिन भेट हुँदा उनी अलि चिन्तिन देखिन्थिन्। उनी चिन्तित हुनुको कारण मैले सोधेँ। उनले उस्तै मलिनो अनुहार बनाएर भनिन्, ‘घरमा सासु ससुराले बच्चा जन्माउन दबाब दिईरहनुभएको छ। तर मबाट बच्चा….,’ बोल्दा बोल्दै उनको मुख बन्द भयो र आँखा बर्षिन थाल्यो।

केही समय आँखालाई बर्षिन दिएपछि ब्यागबाट रूमाल निकालेर आँशु पुछ्दै भनिन्, ‘म बाट बच्चा हुँदैन तर सासु र ससुरालाई जसरी पनि बच्चा चाहियो त्यो पनि छोरा नै!’ 

प्रकाशित मिति: : 2022-04-25 13:16:00

प्रतिकृया दिनुहोस्