बिहिबार, १४ अगस्ट २०२५

पाेखराकाे मेयरमा गठबन्धनबाटै दाेस्राे बागी, सापकाेटाले दिए उम्मेदवारी

News Image
• • •

पाेखरा महानगरको मेयरमा गठबन्धनबाट दाेस्राे बागी उम्मेदवारी परेकाे छ।

कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकाेटाले मनाेनयन दर्ता गरेका हुन्।

उनी कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुन्। सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि २०६४ सालसम्म कोषाध्यक्ष थिए।

गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरु दलकाे चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएकाे सापकाेटाले बताए।

सोमबार, बैशाख १२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)