बिहिबार, १४ अगस्ट २०२५

काठमाडौंका स्वतन्त्र मेयरका उम्मेदवार बालेनले गरे मतदान

News Image
• • •

काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर पदका उम्मेदवार वालेन्द साह (बालेन) ले मतदान गरेका छन्।

स्वतन्त्र उम्मेदवार वालेनले काठमाडौंस्थित तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गरेका हुन्।

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

यसअघि नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले बागबजारस्थित पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गरेका छन्।

सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले पनि कामपाको वडा–१६ स्थित युवक माविबाट मतदान गरेकी छन्।

शुक्रबार, बैशाख ३०, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)