बिहिबार, १४ अगस्ट २०२५

जुम्लामा कांग्रेसले एक र माओवादीले दुई वडा जिते

News Image
• • •

जुम्लाकाे तातोपानी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन्। 

नेपाली कांग्रेसका कर्णबहादुर कठायतले ३१४ मत ल्याएर विजयी भएका हुन्। 

त्यस्तै नेकपा माओवादी केन्द्रका लोक बहादुर कठायतले २४३ मत, नेकपा एमालेका विरमान सार्कीले ८६ मत प्राप्त गरेका छन्।

तातोपानी गाउँपालिका अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका विरबहादुर कुँवरले २३३ मत प्राप्त गर्दै लिड गरेका छन् भने उपाध्यक्षका उम्मेदवार रेउती रावलले २४५ मत प्राप्त गरेकी छिन्। 

त्यस्तै अध्यक्ष र उपाध्यक्षमा क्रमश नेकपा एमालेका सुरत बहादुर शाहीले १६२, ज्वाला चौलागाईले १०९, नेपाली काँग्रेसका नन्द प्रसाद चौलागाई २४२, विन्दु अधिकारीले २२९, नेकपा एसका हिमालय खत्रीले ३१ मत र नारायणी चौलागाईले ७६ मत प्राप्त गरेका छन्। 

त्यस्तै, पातारासी गाउँपालिका -१ मा नेकपा माओवादी केन्द्रका लालसिंह ऐडी वडाध्यक्षमा विजयी भएका छन् भने कनकासुन्दरी गाउँपालिका एकमा माओवादी केन्द्रका भिम भण्डारीले तीन सय ५३ मत ल्याई विजयी भएका छन्।

शनिबार, बैशाख ३१, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)