बिहिबार, १४ अगस्ट २०२५

काठमाडौंकाे मतगणना अपडेट : बालेनको अग्रता कायमै, सिर्जना दाेस्राे स्थानमा 

File Photo
• • •

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहकाे अग्रता कायमै छ। उनलाई नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छन्।

अहिलेसम्म करिब १ हजार मत गनिसक्दा लौरो चिन्ह लिएर उठेका बालेनले ४८० मत ल्याएका छन् भने सिंहले २७३ मत प्राप्त गरेकी छन्। यस्तै एमालेका उम्मेदवार केशव स्थापित भने २०० मतसहित तेस्रो स्थानमा छन्।

जम्मा ३ लाख ५ सय ८४ मतदाता रहेको काठमाडौं महानगरमा एक लाख ९० हजार १ सय ७० मत खसेको निर्वाचन आयोगले जनाएको छ। काठमाडौं महानगरको मेयर बन्ने दौडमा स्वतन्त्र तथा विभिन्न दलबाट गरी ५४ जना प्रतिस्पर्धी मैदानमा छन्।

शनिबार, बैशाख ३१, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)