बिहिबार, १४ अगस्ट २०२५

खाँदबारीको प्रमुखमा थपलिया विजयी

बिएल संवाददाता

बिएल संवाददाता

किमाथाङ्का
File photo
• • •

सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन्।

उनले आठ हजार ३४ मत ल्याएका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले पाँच हजार ५८९ मत ल्याए। घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपप्रमुख भएका थिए। 

उपप्रमखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भए। उनले छ हजार ३८५ मत प्राप्त गरेकोमा निकटम प्रतिद्धन्दी गठबन्धन तर्फबाट  माओवादी केन्द्रका दिब्यराज बरालले पाँच हजार १४७ मत प्राप्त गरे।  

खाँदबारीमा वडा नम्बर १,७,८,११ कांग्रेसले, वडा २, ३, ४, ५, ९ र १० नेकपा एमालले जितेको छ भने वडा नम्बर ६ मा माओवादीले जितेको छ। 


 


 

सोमबार, जेठ ०२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)