शुक्रबार, १५ अगस्ट २०२५

लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा

File photo
• • •

लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका छन्।

किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले यसमा कुनै चासो दिएका छैनन्।

जिल्लाकाे बेसीशहर नगरपालिका ११ का विष्णु पाण्डेले दुई रोपनी जग्गामा मकै खेती गरेका छन्।

एकहोरो मकै गोडेपनि मल अभावका कारण दोहोरो मकै गोडन् नपाएको उनले गुनासो गरे।

मल अभावमा समयमै मकै गोड्न नपाउँदा दुःख गरी लगाएको मकै उत्पादन घट्नेमा विष्णु चिन्तित छन्।

मलको अभावले समय घर्किदासमेत पाखामा लगाएको मकै दोहोरो गोड्न नपाएको अर्का किसान कृष्णमाया श्रेष्ठको गुनासो छ।

लमजुङमा सिजनकै बेला युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए।

उनका अनुसार युरिया मल नपाउँदा चैते धान र दोहोरो मकै गोड्न किसानलाई समस्या भएको छ।

शनिबार, जेठ ०७, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)