बिहिबार, २१ अगस्ट २०२५

सिंजा गाउँपालिका अध्यक्षको घाेषणा : घरमै सुत्केरी हुने दर शून्यमा झार्छु

News Image
• • •

सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने सुत्केरी दर शून्यमा झार्ने बताएका छन्। अध्यक्षमा निर्वाचित भएपछिकाे पहिलाे निर्णयमा उनले गाउँपालिकाको पहिलो प्रथामिकता घरमै हुने सुत्केरी दर शून्यमा झार्ने रहेको बताए।

उनले सिंजागाउँपालिकाको मातृ मृत्युदर शून्य बनाउन र नेपाल सरकारको गाउँगाउँमा सिंहदरवार भन्ने अवधारणालाई पूर्णता दिन यस्तो प्रतिबद्धता गरेकाे बताए। अध्यक्ष धितालले भने, 'अब सिजागाउँपालिकाका कुनै पनि सुत्केरी महिला घरमा सुत्केरी हुने छैनन्।' 

'अब सबै शिशु सुरक्षित बर्थिङ सेन्टरमा जन्मनेछन्। यो गाउँपालिकाको प्रतिबद्धता हो,' अध्यक्ष धितालले भने। सिंजा गाउँपालिकामा भइरहेका सकारात्मक कामलाई पनि निरन्तरता दिइनेछ। नव निर्वाचित गाउँपालिका अध्यक्ष लगायतले पाँच वर्षभित्र जनताका अधारभुत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहेकाे उनले बताए। साथै, अबका ५ वर्षभित्र कक्षा १ देखी पाँच कक्षासम्मको आधारभूत विद्यालय तहमा शिक्षाको गुणस्तर सुधार र उपलब्धि स्तर ६० प्रतिशत पुर्याइने धितालले बताए।

सिजा गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले समावेशी आवासीय विद्यालय स्थापना गरिने बताइन। उनले निर्माणाधीन सिंजा गाउँपालिकाको प्रशासनिक भवन शीघ्र निर्माण गरिने समेत बताइन्। 

सोमबार, जेठ ०९, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)