आइतबार, १७ अगस्ट २०२५

बजेटको भण्डाफोर गर्न एमालेको ‘देशव्यापी’ प्रशिक्षण

रातोपाटी

रातोपाटी

काठमाडौं
News Image
• • •

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्रोतको सुनिश्चितता बिनै हावादारी ढंगले सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको भन्दै विरोध गरेको छ।

बजेटमा समानुपातिक वितरण प्रणालीसमेत नअपनाएको भन्दै एमालेले देशव्यापी रुपमा भण्डाफोर अभियान चलाउने भएको छ ।

एमालेले संसदमा बजेटमाथिको छलफल सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बोलाएर ‘भण्डाफोर अभियान’को खाका तयार गर्ने जनाएको छ । ‘विशेष त बजेटले भाषा र नारामा जनतालाई अल्मल्याएर भोटको राजनीति गर्ने उद्देश्य बोकेको छ। यसको हामीले सदनदेखि जनतासम्म पुगेर भण्डाफोर गर्छौं’, एमाले सांसद शेरबहादुर तामाङको भनाइ छ ।

बुधबार, जेठ १८, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)