‘बर्थडे पार्टी’मा बाेलाइएकी प्रेमिकालाई पाँच जनाले गरे बलात्कार

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

एक जना प्रेमी, जसले जम्मदिन मनाउन आफ्नो प्रेमिकालाई बोलाउछन्, अनि फिल्मी शैलीमा साथीहरुलाई पालैपालो आफ्नै प्रेमिकालाई बलात्कार गर्न लगाउँछन्। त्यो पनि एक पटक हाेइन रातभर।

बलात्कारकै क्रममा प्रेमिका बेहोस हुन्छिन् र पनि उनीहरु छाड्दैनन्। मदिराले लट्ट्याएर प्रेमिकालाई पाँच जनाले बलात्कार गर्दा पनि उनीहरूमा दया पलाउँदैन। बेहोस प्रेमिकालाई फेरि अर्को ठाँउमा पुर्‍याउँछन्। अचेत प्रेमिकाको त्यतिबेला होस् खुल्छ जतिबेला दुई युवाले बलात्कार गरिरहेकै हुन्छन्। प्रेमिले जन्मदिन मनाउन बोलाएकाे भन्दै दङ्ग परेर बस चडेर मानखोला पुगेकी प्रेमिकालाई के थाहा राक्षस जस्तो प्रेमीले यस्तो बज्रपात गराउँछन भन्ने।

सुन्दा फिल्मको दृश्यजस्तै लाग्ने यो घटना हाे, बाँकेको।

घटना घटाउने युवक हुन्, बाँके बैजनाथ– ८ का हेमराज थारु। थारुले आफ्नी प्रेमिकालाई जन्मदिनको पार्टीमा बोलाएर ४ जना साथीलाई पालैपालो बलात्कार गर्न लगाएका हुन्।



चार वर्ष ‘अफेयर’ चलाएर प्रेमिकालाई लुट्नु लुटे, अन्तिममा भारतीय नागरिकलाई सुम्पे

प्रेमीकै योजनामा २५ जना मिलेर सामूहिक बलात्कार



प्रहरीकाअनुसार गएको शनिबार थारुको जन्मदिन थियाे। त्यही जन्मदिन मनाउने भन्दै उनले प्रेमिकालाई मानखोला जंगलमा बोलाए। बस चडेर मानखोला पुगेकी प्रेमिकालाई उनले मदिराले लट्ट बनाए। त्यसपछि उनले जन्मदिनमा आएका अन्य ४ जना साथीहरुलाई पालैपालो बलात्कार गर्न लगाए। साथीसँगै आफैले पनि बलात्कार गरे। त्यसपछि प्रेमिका बेहोस भइन। उनीहरु ५ जनाले प्रेमिकालाई रातभरि बलात्कार गरेका थिए।

प्रहरीकाअनुसार केही समयअघि थारुले ती युवतीलाई फेसबुकमार्फत् भेटेका थिए।

प्रेमी भेट्न बस चढेर मानखोला पुगेकी किशोरीलाई शनिबार साँझ प्रेमी हेमराज र उनका साथी विक्रान्तले बर्दियाको बढैयाताल घुमाएका थिए। बढैयाताल घुमाएर मानखोलाको फूलवारीमा ल्याएर उनीहरुले शनिबार रातिबाट मदिरासहितको बर्थडे पार्टी गरे। किशोरी मदिराबाट लट्ठ पर्दै गएपछि ५ जनाले किशोरीलाई पालै पालो बलात्कार गरे।



क्रूर बाँके : ५ महिनामा दुई चेलीकाे सामूहिक बलात्कार

रातिमा ‘ड्युटी’ बसेका प्रहरी जवान मृत फेला



५ जनाले बलात्कार गर्दा किशोरी बेहोस भइन्। किशोरी बेहोस भएपछि शनिबार नै मोटर साईकलमा राखेर बाँके बैजनाथ– ८ स्थित पिपरीमा रहेको विक्रान्त थारुको घरमा पुर्‍याए।

विक्रान्तको गोठमा सुताइएकी किशोरीको जब होस् खुल्दै थियो त्यहाँ पुनः २ जनाले बलात्कार गरे। किशोरी फेरि बेहोस भइन्। मानखोलाको जङ्गलमा प्रेमी भनिएका हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुले बलात्कार गरेका थिए भने विक्रान्तको गोठमा निराजन र विक्रान्तले पुनः बलात्कार गरेका थिए।

अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पुर्‍याईदिने भन्दै विक्रान्तकै भे ३ प ३५२७ नम्बरको मोटरसाईकलमा नेपालगञ्ज गुलरिया सडकको उढरापुरमा प्रहरी चेकिङमा परेपछि किशोरी माथिको बलात्कारको पर्दाफास भएको थियो।

आइतबार बिहान प्रहरी चेकिङमा अर्धचेतको किशोरीलाई मोटरसाईकलको बिचमा राखेर नेपालगञ्जतर्फ लैजाँदै गर्दा प्रहरीले शंका लागेर किशोरीसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो।



उर्लाबारीको एभरेष्ट फनपार्कमा १२ वर्षीया बालिकामाथि बलात्कार

हेलिकोप्टरबाट भागेकी दक्षिण एसियाकै खुंखार अपराधी काइँली नेपाल प्रहरीको फन्दामा 



होसमा आएपछि प्रहरीको सोधपुच्छमा किशोरीले बलात्कार गरेको बयान दिएपछि प्रहरीले थप ५ जनालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मीको कमाण्डमा खटिएको टोलिले बलात्कारमा संलग्न बैजनाथ– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारुलाई पक्राउ गरेको छ भने घटनामा सहयोगी भूमिका खेलेका विश्वनाथ थारु र निर्देश थारुलाई पनि पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए।

प्रकाशित मिति: : 2022-06-06 20:00:00

प्रतिकृया दिनुहोस्