पाँच ‘डेन्जर’ महिला, जसको अपराध कर्म यस्तो छ

हरेक अपराधको अग्रस्थानमा पुरुष भएपनि त्यसको कुनै न कुनै महत्वपूर्ण भागमा महिलाको पनि भूमिका रहन्छ। दुनियाँका नामुद आपराधिक ग्याङदेखि दोस्रो विश्वयुद्धमा समेत महिलाको सहभागिता उल्लेखनीय अवस्थामा रहेकाे पाइन्छ।

दुनियाँका विभिन्न कालखण्डमा यस्ता महिला छन्, जसको नाम सुन्दा मान्छेहरु अहिले पनि डराउँछन्। शरीरैभरि ट्याटु बनाउन लगाउने र पछि त्यही ट्याटु भएको छाला निकालेर घरका भित्ताभरि टाँस्ने, अनि युवाका लिंग काटेर पर्खालमा टाँस्नेदेखि एकै जनाले ६ सय बढी युवतीको हत्या गरेको सुन्दा कसलाई पो अनौठाे नलाग्ला र !

त्यतिमात्र हाेइन, कुनै यस्ता महिला अपराधी छन्, जसको जीवनमा आधारित रहेर फिल्म बने। जुन फिल्मले ओस्कार अवार्ड नै जित्याे।

१.आईलिन भियोनस

आईलिन भियोनसको जन्म १९९६ फेब्रुअरीमा अमेरीकाको मेचीगनमा भएको थियो। उनी ३० वर्ष पुगेपछि भियोनस अपराधको दुनियाँमा प्रवेश गरिन्। उनकाे अपराध यति धेरै अनौठाे छ कि सुन्दा पनि मान्छेहरु तर्सिन्छन्। धनी परिवारमा जन्मेर राम्रै शिक्षा आर्जन गरेकी भियोनसको सोख अलि फरक थियो।
३० वर्षकाे उमेरमा यौन दुनियाँमा छिरेकी भियोनस हरेक दिन नयाँ-नयाँ ‘ह्यान्डसम’ युवाहरूको खोजीमा निस्कन्थिन्। क्लबमा होस् या पवमा राम्रा युवा देखेपछि उसको पछि लागि हाल्थिन्। त्यो युवालाई आफ्नो जालमा पार्थिन् र यौन सम्बन्ध राख्थिन्। त्यसपछि आफूलाई त्यो युवा चित्त नबुझे उसको विभत्स हत्या गर्थिन्।

उनको यो कार्य पेसा जस्तै भयो। उनको जालमा परेका कैयाैँ युवाहरु भाग्न सफल भए, कोही गम्भीर घाइते भए। त्यति हुँदाहुँदै उनले ७ युवाको हत्या गरिन्। प्रहरीले उनलाई विभिन्न हत्यामा पक्राउ पनि गरेको थियो। तर झुट बोल्दै उनी जहिले प्रहरीको फन्दाबाट बँचिहाल्थिन्।

त्यतिमात्र हाेइन, उनले आफूसँग आएका धनाढ्यहरूलाई लुटेरसमेत पठाउने गरेकी थिइन्। यसका अलवा उनको पेसा चोरी पनि थियो। अन्तत: अदालतले उनलाई लिथन इन्जेक्सन दिएर सन् २००२ मा हत्या गर्न आदेश दियो।

उनको नाममा सन् २००३ मा मास्टर नामक एक हलिउड फिल्म नै बन्यो। यसमा हलिउड कलाकार सार्लिस थेरानले अभिनय गरेकी थिइन्। सोही फिल्मबाट उनले बेस्ट अवार्डसमेत प्राप्त गरेकी थिइन्।

२.मेरीफस्ट

मेरीफस्ट इङ्ल्याण्डको राजघरानामा १५१६ फेब्रुअरी १८ मा जन्मिएकी हुन्। जसलाई मेरी टिउडर भनेर पनि चिन्ने गरिन्थ्यो। सन् १५५३ मा मेरी राजगद्धीमा बसेकी थिइन्। त्यसपछि उनको राज सन् १५५८ सम्म चल्यो।

५ वर्षसम्म रानी बनेकी मेरीले यस्तो आतंक मच्चाइन् कि उनको आतंक सम्झेर मानिसहरु अहिलेपनि झसंग हुन्छन्। उनलाई संसारकै सन्की र क्रुर रानीका रुपमा समेत हेरिने गरिएको छ। उनलाई ‘ब्रलडी मेरी’ भनेर समेत चिनिने गरिएको छ।
उनले क्याथलीक धर्म मान्थिन्। त्यो धर्म विस्तारै खस्किँदै गएको थियो। त्यो कुरा उनलाई मन परेन। उक्त धर्म रानीलाई असाध्यै मन पर्थ्यो, उनले त्यो धर्मलाई फिर्ता ल्याउने अभियान थालिन्। रानी भएका बेला उनले ३ सय बढी आन्दोलनकारीलाई जिउँदै जलाएर हत्या गरेकी थिइन्। त्यसैले त उनलाई आज इतिहासै सबैभन्दा खतरनाक र क्रुर महिलाका रुपमा हेरिने गरिएको छ।

३.एलिजाबेथ बेथ्री

एलिजाबेथ बेथ्री हंगेरीको एक धनी परिवारमा १५६० मा जन्मिएकी थिइन्। बेथ्रीले हत्या गरेरै विश्व रेकर्ड कायम गरेकी छन् भन्दा फरक पर्दैन। उनले सन् १५९० देखि १६१० सम्म करिब ६ सय ५० युवतीको निर्मम हत्या गरेकी थिइन्।
गरिब परिवारका युवतीलाई विभिन्न बहानामा आफ्नो जालोमा पार्ने र उनीहरुलाई कुटिकुटी हड्डी भाँचेर हत्या गर्ने उनको साेख नै बन्यो। यदि कहिँकतै उनीबाट बँचेर भागेकी युवतीले उजुरी गरेमा उनले यस्तो सजाय दिन्थिन् कि, भोलिका दिनमा उनको सजाय सुनेर कसैले पनि उजुरी गर्ने आँट राख्थेनन्।

शक्तिशाली परिवारकी भएकै कारण उनलाई प्रहरीले समेत समात्ने आँट गर्थेन। हत्या नगरेको दिन उनलाई खाना नै नरुच्ने भएपछि परिवारको सहयोगमा उनलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइयो। घरमै नजरबन्द राखिएको अवस्थामा सन् १६१४ मा उनको मृत्यु भयो।

४. इरमाग्रेसी

दोस्रो विश्वयुद्धमा जर्मनको नाजीकन्सट्रेसन क्याप्ममा एक सुरक्षा गार्डका रुपमा कार्यरत इरमाग्रेसीको अपराधको कुरा सुन्दा मानिसहरु अहिलेपनि चकित हुने गर्छन्, ताकी महिलाले पनि यस्तो गर्न सक्छन् भनेर।
क्याम्पमा कैद गरिएकालाई सजाय दिनु नै उनको दैनिकी थियो। उनी त्यो क्याम्पको महिला सेक्सनको वार्डेनका रुपमा काम गर्थिन्। उनको त्यो क्रुरता देखेरै उनलाई त्यो जिम्मेवारी दिइएको थियो। सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भयो। त्यसपछि उनलाई गिरफ्तार गरियो।

उनले गरेको हत्याको कुनै लेखाजोखा छैन। उनले हजारौँ महिलाको हत्या गरेकी थिइन्। महिलालाई नग्न बनाएर पाइपै पाइपले पिट्नेदेखि आगोको गोलमा जिउँदै जलाउने कार्य उनको लागि सामान्यजस्तै थियो। उनलाई १३ डिसेम्बर १९४५ फाँसी दिइयो।

५. इल्सीकोच

इल्सीकोच सन् १९०६ मा जर्मनीको डिस्टेन शहरमा जन्मेकी हुन्। उनले विश्वयुद्धको युचेलवर्ल्ड क्याम्पको कमान्डरसँग विवाह गरेकी थिइन्। उनी पतिको पावरलाई प्रयोग गरी हत्याको दुनियाँमा प्रवेशमा गरिन्।
उनले जेलमा भएका कैदीको शरीरैभरि ट्याटु बनाउन लगाउँथिन् र ट्याटु भएको जति छाला निकालेर घरको भित्तामा सजाउने गर्थिन्।

त्यतिमात्र हाेइन, उनले पुरुषको लिंगसमेत काटेर भित्तामा राख्ने गरेकी थिइन्। युद्ध सकिएपछि सन् १९४७ मा उनलाई गिरफ्तार गरियो। पछि सन् १९६७ मा उनले जेलमै आत्महत्या गरिन्।एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2022-06-10 12:11:00

प्रतिकृया दिनुहोस्