काठमाडाैँमा बसेर अमेरिकीलाई ठग्ने १३ जना पक्राउ

कमल प्रभात

काठमाडौं

नेपाल र भारतमा बसेर ‘कल सेन्टर’ सञ्चालन गरी अमेरिकीलाई ठग्ने एक गिराेहलाई प्रहरीले पक्राउ गरेकाे छ। नेपाल प्रहरीकाे साइबर व्यूराेकाे टाेलीले ठगी धन्दा गर्ने १३ जनालाई यही असर ३ गते पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा ११ जना नेपाली र २ जना भारतीय नागरिक गरी १३ जना रहेका छन। नेपाली ११ जनाले काठमाडाैँकाे धुम्बाराही र सामाखुसी तथा भारतीय नागरिकले नयाँ दिल्लीमा बसेर ठगी धन्दा गर्दै आएकाे व्यूराेका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

उनकाअनुसार पक्राउ पर्नेमा काठमाडौँकाे कपन बस्ने ३३ वर्षीय बिजय श्रेष्ठ, भारतकाे महाराष्ट्र घर भई हाल काठमाडौँ सामाखुसी बस्ने ३२ वर्षीय निसान खैरे, भारतकै उत्तर प्रदेश घर भई हाल काठमाडौँ सामाखुसी बस्ने २४ वर्षीय मनीष तिवारी, रानीबारी बस्ने वर्षीय २२ आमिन खड्का, लमजुङ नाल्मा घर भई काठमाडाैँ बस्ने २२ वर्षीय करण गुरुङ, बनेपा घर भई हाल भक्तपुर राधेराधे बस्ने ३५ वर्षीय अनोज लामा, उदयपुर चौदण्डीगढी घर भई कालोपुल बस्ने २० वर्षीय आरूषी राई, नुवाकोट किस्पाङ्ग घर भई बानियाँटार बस्ने २१ वर्षीय युबिना तामाङ्ग, रानिबारी बस्ने २३ वर्षीय आरस तुलाधर, दोलखा भिमेश्वर घर भई डल्लु बिजेश्वरी बस्ने २६ वर्षीय सपना मग्राती, भक्तपुरकाे लोकन्थली बस्ने १९ वर्षीय टिका राउत, झापा भद्रपुर घर भई सिफल बस्ने २४ वर्षीय सुनिता राउत र नुवाकोट तादी घर भई रानिबारी बस्ने  १९ वर्षीय सागर श्रेष्ठ रहेका छन।

उनीहरूले धुम्बाराहीस्थित अर्विट नेक्सस प्रा.लि.नामक कल सेन्टर सञ्चालन गर्दै आएका थिए। त्यसमार्फत उनीहरूले अमेरिकालगायतका नागरिकहरूलाई फाेन गरी ‘तपाईंकाे ल्यापटममा समस्या आएकाे छ’ भन्दै अनेकाैँ भ्रमात्मक सूचना पठाएर उनीहरूकाे बैंकिङ तथा व्यक्तिगत विवरणहरू हात पारी ठूलाे रकम आफ्नाे बैंक खातामा ट्रान्सफर गर्दै ठगी धन्दा चलाउँदै आएकाे प्रहरीले जनाएकाे छ।

उनीहरूमध्ये ११ जनाले धुम्बाराहीबाट विभिनन व्यक्तिलाई फाेन गरी भ्रमात्मक सन्देश दिएर डर देखाएर सूचना माग गर्थे भने भारतीयकाे नयाँ दिल्लीबाट दुई जनाले साेही सूचनाकाे आधारमा बैंककाे रकम आफ्नाे खातामा ट्रान्सफर गरेर ठग्ने गरेकाे प्रहरीकाे अनुसन्धानमा खुलेकाे छ।

प्रहरीले लामाे समय अनुसान्धन गरेर उनीहरूलाई पक्राउ गरेकाे हाे। उनीहरूबाट सयाैँ मानिसहरू ठगिएकाे हुन सक्ने प्रहरीकाे आशंका रहेकाे छ। उक्त गिराेहकाे निशानमा विभिन्न जागिरबाट अवकाश प्राप्त मानिसहरू पर्ने गरेकाे प्रहरी अनुसन्धनमा उल्लेख छ।

पक्राउ परेका उनीहरूलाई ७ दिनकाे म्याद थप गरी अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ। व्यूराेकाअनुसार विद्युतीय काराेबार ऐन २०६३ अन्तर्गतकाे पक्राउ गरिएकाे हाे।

याे घटना नेपालकाे सन्दर्भमा पहिलाे भएता पनि यसले ठूलाे रूप लिएकाे हुन सक्ने प्रवक्ता अर्यालले बताए।

‘पीडितकाे उजुरी बिना हामीले आशंकाका भरमा याे अपरेसन गरेका हाैँ, हेर्दा यस्ता घटनाले ठूलाे रूप लिएकाे हुन सक्छ, त्यसैले हामी झन सक्रिय भएर लागेका छाैँ। नेपालमा पनि यस्ता शंकास्पद एप्सहरू सबैलाई यस कुरामा सचेत हुन हाम्राे अनुराेध छ,’ प्रवक्ता अर्यालले भने।

प्रकाशित मिति: : 2022-06-19 20:45:00

प्रतिकृया दिनुहोस्