बिहिबार, १४ अगस्ट २०२५

नेपाल इन्स्युरेन्सको २१ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

News Image
• • •

नेपाल इन्स्युरेन्सका संस्थापकले आफ्नो स्वामित्वमा रहेको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गरेका छन्। 

जसमा आइएमई लिमिटेड, आइएमई इन्भेस्टमेन्ट प्रालि र आइएमई होल्डिङ प्रालिको नाममा समान सात लाख १९ हजार २०५ कित्ता सेयर छ .यसमा नेपाल इन्स्युुरेन्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना जारी भएको मिति अर्थात् २४ असारदेखि ३५ दिनभित्र नेपाल इन्स्युरेन्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ। 

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

शुक्रबार, असार २४, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)