बिहिबार, १४ अगस्ट २०२५

महिला युरो: स्पेनलाई हराउदै जर्मनी क्वाटरफाइनलमा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
File photo
• • •

बलियो स्पेनलाई २-० अन्तरले पराजित गर्दै जर्मनी मंगलबार राति  महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ।

जर्मनीको जितमा क्लारा र पोपले समान एक गोल गरेका थिए। समूह ‘बी’ मा दुई खेलमा शतप्रतिशत जित सहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ। 

समान खेलमा समान तीन अंक जोडेका स्पेन र डेनमार्क क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। फिनल्यान्डले भने दुई खेलमा अंक खाता खोल्न सकेको छैन। 

जर्मनी एक खेल अगावै क्वार्टरफाइल प्रवेश गर्यो। स्पेन र डेनमार्कबीचको खेलले यस समूहबाट क्वार्टरफाइनल प्रवेश गर्ने दोस्रो टोलीको टुङगो लगाउनेछ।

बुधबार, असार २९, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)