आइतबार, १० अगस्ट २०२५

१९औं खेलकुदको नयाँ मिति घोषणा

News Image
• • •

१९औं एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ। 

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा सुरु गर्ने घोषणा गरेको हो।

अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हुनेछ। 

यसअघि यही सन२०२२ को १०  सेप्टेम्बरदेखि २५ सम्म प्रतियोगिता हुने भनिएको थियो।

प्रतियोगिता आयोजनाका लागि बनेको विशेष टास्क फोर्सले चिनीया ओलम्पिक कमिटी, हाङझोउ एसियाली खेलकुद आयोजक कमिटी, चिनीया सरकार र अन्य सरोकारवालाहरुसँगको छलफलपछि मिति तय गरेको ओसिएले जनाएको छ।

मंगलबार, श्रावण ०३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)