
बिएल संवाददाता
सुनकाे मूल्य बढेकाे छ। बुधबारकाे तुलनामा बिहीबार सुनकाे मूल्य प्रतिताेलामा ८०० रुपैयाँले बढेकाे हाे।
बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।
महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ।
बुधबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया