बुधबार, १३ अगस्ट २०२५

नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए 

File photo
• • •

नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ। 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। 

सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ। विभागका अनुसार उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात नेपाल भित्रिएको छ।

नेपाल भित्रने सबै पानको पात भारतबाट आउने गरेको विभागले जनाएको छ। 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले २ करोड ३७ लाख ९४ हजार रुपैयाँमा १ लाख ३३ हजार ५७३ केजी पानको पात भारतबाट आयात गरेको थियो। 

शुक्रबार, श्रावण १३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)