बिएल संवाददाता
वेस्ट इन्डिजले दोस्रो टी– २० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृंखला १-१ को बराबरीमा पुर्याएको छ। १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
ओपनर ब्रेन्डन किंगले सर्वाधिक ६८ रन बनाए। भारतका अर्शदीपसिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पान्ड्याले एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारत १९.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो। भारतका हार्दिक पान्ड्याले सर्वाधिक ३१ रन बनाए। यस्तै, रविन्द्र जडेजाले २७ र ऋषभ पन्तले २४ रनको योगदान गरे।
बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याककोयको कीर्तिमानी ६ विकेटसँगै भारतका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन्।
यसअघि पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो। तेस्रो खेल आज हुनेछ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया