यी हुन् विद्रोही समूहसँगको युद्धमा आधारित सिनेमा

Photo: Agency
Photo: Agency

केही दिन अगाडि अमेरिकाले अफगानिस्तानको एक गोप्य स्थानमा रहेका आतंकवादी संगठन ‘अल कायदा’ का वरिष्ठ नेता अयमान अल जवाहिरीलाई ड्रोनद्वारा हमला गरेर मारिदिएको छ। यो समाचारलाई अमेरिकी राष्ट्रपति जो वाइडेनले समेत पुष्टि गरेका छन्।

ओसामा बिन लादेन पछिका सबैभन्दा ठुला आतंकवादी जवाहिरीको मृत्युपछि अमेरिकाले पनि सन्तोषको सास फेरेको हुनुपर्छ। हलिउडमा ‘अल कायदा’ को बारेमा धेरै सिनेमाको निर्माण भएको छ।

यहाँ त्यस्तै कथामा निर्माण भएका र पंक्तिकारले हेरेको केही चर्चित सिनेमाहरुको सार संक्षेपमा लेखेका छाैँ।

द टेररिस्ट नेक्स्ट डोर: जेरी सिकोरिट्टीद्वारा निर्देशित यो सिनेमा सन् २००८ मा रिलिज भएको हो। अल कायदाले अल्जेरियाका एक युवकलाई आतंककारी बनाएर लस एञ्जलसको विमानस्थलमा बम विस्फोट गर्ने षड्यन्त्रलाई अमेरिकी गुप्तचर संस्था (सीआइए) ले विफल पारेको सत्य घटनामा आधारित यो सिनेमा सुपर हिट भएको थियो।

टुबेल स्ट्रंग: निकोलाई फुलसिगद्वारा निर्देशित र डोग स्टेण्टनद्वारा लिखित तथा सन २०१८ मा रिलिज भएको यो सिनेमा ९/११ पछि अफगानिस्तानमा अमेरिकाले गरेको पहिलो सैन्य कारबाहीमा आधारित छ। क्याप्टेन नेल्सनको भूमिकामा क्रिस हेम्सवर्थले अभिनय गरेको यो सिनेमामा अफगानिस्तानको एक स्थानीय व्यक्तिको सहयोगमा तालिवानसँगको संघर्षको कथा छ।

द हन्ट फर इगल वान: क्र्यास प्वाइण्ट: हेनरी क्रमद्वारा निर्देशित यो सिनेमा सन् २००६ मा रिलिज भएको हो। अल कायदा समर्थित एक विद्रोही समूहसँगको युद्ध देखाइएको यो सिनेमामा अमेरिकी सैनिकले फिलिपिनो सैनिकको उद्दार गरेको कथा छ। क्याप्टेन मेट डेनियलको भूमिकामा अभिनेता मार्क डेकास्कोसको अभिनय उत्कृष्ट छ।

यी माथि उल्लेखितभन्दा बाहेक पनि सिनेमाको निर्माण भएको छ तर यी सिनेमाबाट आतंककारी संघठन अल कायदाको बारेमा जानकारी लिन सकिन्छ तर यी सबै सिनेमा अमेरिकामा निर्माण भएको कारण एकतर्फी पनि हुन सक्छ।

प्रकाशित मिति: : 2022-08-06 15:11:00

प्रतिकृया दिनुहोस्