मङ्गलबार, ०५ अगस्ट २०२५

वैदेशिक नीतिमा अल्झन श्यामप्रसाद मैनाली

News Image
• • •

परराष्ट्र नीति तैनाथ गर्नुपूर्व देश अनुकूल, देशको भलाइका लागि केन्द्रित हुँदै केही रणनीतिको तर्जुमा हुनुपर्छ। यही रणनीतिमा आधारित हुँदै वैदेशिक नीतिबारे निर्णय लिँदै कार्यान्वयनमा जानुपर्छ।

यसमा छिमेकी देश र अन्य मित्रराष्ट्रसँग आपसी हितका आधारमा पारस्परिक सहयोगको आदानप्रदान गरिन्छ। सबै सम्बन्धित छिमेकी तथा मित्रराष्ट्रहरूसँग सम्बन्ध सदैव सौहार्द्र राख्न वैदेशिक नीतिले मार्गदर्शन गर्नुपर्छ।

अन्तर्राष्ट्रिय क्षेत्रमा प्रस्तुत हुँदा आफ्नो पहिचान कायम गर्दै सार्वभौम सत्ताको संरक्षण गर्न यस्ता नीतिहरू सफल हुनुपर्छ। यस प्रकारका संरचनागत नीतिहरूको निरन्तरताले अन्तर्राष्ट्रिय क्षेत्रमा देशप्रति सकारात्मक धारणाको विकास हुँदै जान्छ। विश्व परिवेशमा देखिएका जल्दाबल्दा समस्याहरूका सम्बन्धमा कसरी अन्तर्राष्ट्रिय क्षेत्रसँग व्यवहार गर्ने हो ?

विदेश नीतिले आधार प्रदान गर्छ। विदेश नीतिको आधार स्वभावतः हरेक देशको आन्तरिक मामिला हुने गर्छ। आफ्नो सुरक्षा र समुन्नतिलाई केन्द्रविन्दुमा राखेर यस्ता नीतिका बारेमा निर्णय लिइएको हुन्छ। अन्य देशहरूले गर्दै आएको व्यवहार र भौगोलिक अवस्थितिसमेत यसका आधारहरू हुन्।

आइतबार, भाद्र ०५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)