काठमाडाैंका मेयर बालेनकाे सय दिन : कति काम पूरा कति अपूरा ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कार्यकाल एक सय दिन पूरा भएको छ। 

महानगरपालिकामा आफूले सय दिन पूरा गरेको कुरा उनले आइतबार सामाजिक सञ्जालमार्फत बताएका हुन्। 

काठमाडौंको मेयर बनेका उनी पेशाले एक इन्जिनियर र चर्चित र्यापर हुन्। 

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा स्वतन्त्र रुपमा लडेका उनले काठमाडौंमा दुई पटक मेयर भएका केशव स्थापित र कांग्रेसकी नेत्री सिर्जना सिहंलाई भारी मत ल्याएर हराएका थिए। योसँगै उनी काठमाडौंको पहिलो स्वतन्त्र मेयर बनेका हुन्। 

मेयर बालेनको चुनावी नारा ‘फेल’, उठेन काठमाडौंको फोहोर (भिडियो रिपोर्ट)

आफनो कार्यकालको सुरुवाती दिनदेखि नै काठमाडौंलाई व्यवस्थित बनाउन लागेका उनी निर्वाचित भएको पहिलो दिनै सिसडोल पुगे। मेयर बालेनले काठमाडौंलाई फोहोरमुक्त बनाउने अभियान नै चलाएका थिए। 

फोहोरसँगै सिसडोल पुगेका उनलाई स्थानीयबासीले धम्की दिएका थिए। विगत १७ वर्षदेखि दलहरुले गरेको गल्तीको स्थानीयहरुले बालेनलाई नै दिए। उनको व्यापक विरोध गरे। 

बालेनको प्रयासले काठमाडौं सुन्दर राजधानी बन्ला ?

काठमाडौंलाई सुन्दर बनाउन उनले फोहोर व्यवस्थानपनका लागि दीर्घकालीन व्यवस्थाको लगि सूची तयार पारे। जुन पूरा हुनै सकेन। त्यसैले अहिले काठमाडौंको फोहोर व्यवस्थापन हुन सकेको छैन। 

बालेनको आक्रामक कदमको चौतर्फी प्रभाव

उनले महानगरपालिकाको हरेक बैठक लाइभ गर्न प्रतिबद्धता गरे, जुन कुराले उनको आलोचना समेृत भयो। अहिले बालेनको उहीँ प्रतिबद्धताले नगरपालिकाको हरेक बैठक लाइभ गर्दैआइरहेको छ। 

स्याबास् बालेन!

उनले मनोरन्जन तथा ई–सर्पाट गेमिगको लागि १ करोड छुटाए, जुन कुरालाई लिएको उनको आलोचना भयो। त्यस लगत्तै उनले महानगरपालिकाका– ३२ वटै वडाका फुटपाथ व्यवसायीलाई हटाउने अभियान सुरु गरे। नभन्दै उनको त्यो प्रतिबद्धता सफल भयो। फुटपाथका पसल हटाउँदा व्यापारीहरुले उनको व्यापक विरोध गरे। तर उनकै सर्पोटमा 
उत्रिए, सर्वसाधारण। 

वाह! मेयर होस् त बालेन जस्तो’

पछिल्लो समय मेयर बालेनले अवैध रुपमा बनाइएका संरचनाहरु भत्काउँदै आइरहेका छन्। जसकारण उनले आलोचना र प्रशंसा पाउँदै आइरहेका छन्। जनताहरुका लागि चालेको कदमले शिखर चुमोस्, मेयर बालेनलाई अग्रिम शुभकामना।  

 

मेयर बालेन शाहको डोजर अभियान कति उचित छ?

प्रकाशित मिति: : 2022-09-04 21:30:00

प्रतिकृया दिनुहोस्