शुक्रबार, १५ अगस्ट २०२५

नेपाल टी-२० लिगका थप दुई टिमको टुंगो लाग्यो

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Photo : CAN
• • •

नेपाल क्रिकेट संघ (क्यान) बाँकी रहेको  फ्रेन्चाइज नेपाल टी–२० लिगको बाँकी दुई टिमको नाम र मालिक सार्वजनिक गरिएको छ।

क्यानले बिहीबार पत्रकार सम्मेलनमार्फत दुई टिमको बाँकी रहेका दुई टिमको नाम र मालिक सार्वजनिक गरेको हो। बाँकी रहेका दुई टिमको नाम पोखरा एभेन्जर्स र फारवेस्टर्न युनाइटेड राखिएको छ।

पोखराका मालिकहरुमा सुबोध त्रिपाठी र अतिस ज्ञवाली छन् भने फारवेस्टर्नको स्वामित्व भेन्चर्स, बेलायत र रुपिन्दर बग्गाले दिएका छन्। प्रतियोगिताको लागि क्यानले यसअघि नै चार टिम जनकपुर रोयल्स, कान्तिपुर क्यापिटल्स, लुम्बिनी अल स्टार र विराटनगर सुपर किंग्सको नाम सार्वजनिक गरिसकेको छ।

प्रतियोगिता ८ असोजदेखि ५ कात्तिकसम्म हुने तालिका छ।

बिहिबार, भाद्र २३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!