बिहिबार, १४ अगस्ट २०२५

बरुण हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम मौका

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर भर्ने आज भदौ ३१ गते अन्तिम दिन हो।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। कम्पनीले भदौ ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो।

बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरेको थियो।
 
साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ।

हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

शुक्रबार, भाद्र ३१, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)