नर्वेका आरोही क्रिस्टिन हरिला सहित अन्य आरोही मनास्लु हिमालको चुचुरोमा पुगे

Photo: Dawa Ongju Sherpa
Photo: Dawa Ongju Sherpa

शरद ऋतुको मनास्लु पहिलो आरोहण टोली मनास्लुको चुचुरो पुग्न सफल भएका छन्।

नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिला र नेपाली आरोही टोली मनास्लुको चुचुरोमा सफल आरोहण गरेका छन्।

हरिला सहित नेपाली गाईडहरु पास्दावा र दावा ओङ्जु शेर्पा बिहीबार मनास्लु (८,१६३ मिटर) को रियल समिटमा दिउसो नेपाली समय अनुसार २२ सेप्टेम्बर २००२ को २.३६ बजे पाईला टेकेका आउटफिटर ८ के एक्सपिडिसनले बताएको छ। 

हरिलाले ५ महिनामा  १२ वटा शिखर आरोहण गरिसकेकी छिन्। उनी निर्मल पुर्जाको ६ महिना ६ दिनमा १४ वटा चुचुरो आरोहण गरेको कीर्तिमान तोड्नलाई लागेकी छिन्।

उनीहरूले बाक्लो हिउँ पहिल्याउदै वास्तविक चुचुरो आरोहण गरेको कम्पनी ८ के का पेम्बा शेर्पाले बताए। 

त्यसको केहि बेरपछि चिनियाँ आरोही हु ताओ र १४ चुचुरोको दोहोरो कीर्तिमान राख्ने सानु शेर्पा र मिङ्मा थिन्दुक शेर्पाले मनास्लुको सफल आरोहण गरेका हुन्।

नेपाली समय अनुसार दिउँसो २.५० मा शिखरमा पुगेका हिमालयन टाइम्सका अनलाइन संस्कारणले बताएको छ। 

खराब मौसम र विगत दुई सातादेखि परेको भारी हिमपातको परिणाम स्वरूप उनिहरु मनास्लुको शिखरमा टेक्न सफल भएका हुन्।

खराब मौसमका कारण झन्डै ९०५ आरोहीहरू आधार शिविरमा ओर्लिएका थिए।  तर ८ केका शेर्पाहरूले हिजो रातभर अथक परिश्रम गर्दै आरोहण मार्ग खोल्न सफल भएका थिए। 

मनास्लु हिमाल समुद्र सतहबाट ८,१६३ मिटर (२६,७८१ फिट) उचाइमा रहेको विश्वको आठौं–अग्लो हिमाल। 

मनास्लु हिमाल पर्वतारोहीहरू धमाधम हेलिकप्टर चढेर आधार शिविरसम्मको पदयात्राअघिको अन्तिम गाउँ सामगाउँ हुदै वेसक्याम्प पुगेका छन्।

नेमनास्लु हिमाल समुद्र सतहबाट ८,१६३ मिटर (२६,७८१ फिटं) उचाइमा रहेको विश्वको आठौं–अग्लो हिमाल। मनास्लु हिमाल पर्वतारोहीहरू धमाधम हेलिकप्टर चढेर आधार शिविरसम्मको पदयात्राअघिको अन्तिम गाउँ सामगाउँ हुदै वेसक्याम्प पुगेका थिए। नेपालको पर्यटन विभागका अनुसार हालसम्म मनास्लु आरोहणको लागी ३८३ वटा अनुमति दिएको छ।

४८४६ मिटरमा अवस्थित आधार शिविर अहिले आरोहिको भीड लागेको छ। विभिन्न कम्पनीले आधार शिविरमा सेरोफेरो आ–आफ्नो आरोही टोलीका लागि पाल टाँगेका छन। बेसक्याम्प अहिले 'टेन्ट भिलेज’ जस्तै बनेको छ।

नेपाली गाइड, शेर्पा र अन्य सहयोगी टोलीहरु चुचुरोसम्मको बाटो खुलाउन धमाधम डोरी टाँग्ने कार्यमा जुटिरहेका छन।शरद ऋतु मनास्लु आरोहणको लागी उत्तम मौसम हो। मनास्लु नामको अर्थ 'आत्माको पहाड' हो र यो संस्कृत शब्द मनसाबाट आएको हो, जसको अर्थ 'वृद्धि' वा 'आत्मा'  हो।

मे ९, १९५६ मा जापानी आरोहणका सदस्य तोसियो इमानिशी र ग्याल्जेन नोर्बुले मनास्लु हिमालको पहिलो पटक आरोहण गरेका थिए। जसरी बेलायतीहरु सगरमाथालाई आफ्नो हिमाल मान्छन्, मनास्लु हिमाललाई भने जापानी हिमालको रुपमा मान्दै आएको छ। करिब १७७ किलोमिटर मनास्लु पदयात्रा मार्गले मनास्लु क्षेत्र पदयात्राको लागि पनि विदेशिहरुको माझ निकै लोकप्रिय छ। 

पर्यटन विभागको पछिल्लो विवरण अनुसार वसन्त ऋतुको आरोहणको लागि ४२५ जनाले अनुमति प्राप्त गरेको छ।

मनास्लु गोरखा जिल्लाको अग्लो चुचुरो हो र अन्नपूर्णबाट करिब ६४ किलोमिटर पूर्वमा पर्छ। पहाडको लामो चट्टानहरू र उपत्यका ग्लेशियरहरूले सबै दिशाहरूबाट हिमालको दृश्यहरु देखिन्छन्।

पछिल्लो समय शरद ऋतुमा मनास्लु हिमाल चढ्ने आरोहीको भीड लाग्ने गरेको छ। बसन्त ऋतुमा हिउँ पग्लेर हिमाल आरोहणमा समस्या हुने गरेका कारण पनि शरद ऋतु आरोहणका लागि आकर्षण बन्ने गरेको छ।

प्रकाशित मिति: : 2022-09-22 23:22:00

प्रतिकृया दिनुहोस्