लक्ष्मी सापकोटा पाण्डे
आफ्नो ढुकढुकीलाई नियन्त्रण गर्दै
मेरै आगमनको प्रतिक्षामा बाटो ढुक्दै बसेका
दुई जोडी आँखाको क्रन्दनमा
के मलम लगाउँ म खै ?
कतै आगो भर्भारायो भने भेट्ने आशा पनि
जुर्मुराउँदै छिंडी तल गोरेटोमा हाम्फाल्दै पुग्छन् होला
त्यही पर्खाइको आमन्त्रणले
मेरो प्रत्यागमनको आहटलाई
तेज नगराएको कहाँ हो र
तर पनि धोक्रो खोतलेर हेर्छु खोक्रै देख्छु
अनि फेरि लाग्छु उही दैनिकीमा
फलफूल अनि जुसको व्यग्रतामा
भोको फकिर रक्तदान केन्द्र धाए झैँ
सपनाको खेती गर्नकै लागि परदेशिएको म
आफ्ना खेतहरूमा ऐँझेरूको बिउ छरेर आएको छु
परदेशमा पैसाको बिउ जोहो गर्न
विमानस्थलबाट केही घन्टाको उडान भर्दैमा
भाग्य कहाँ एकाएक चम्किने रहेछ र?
भ्वांग परेका आकांक्षाका छिद्रहरू टाल्दाटाल्दै
आँखीझ्याल परेका छन् स्वर्णिम परिधानहरूमा
जहाँबाट चिहाउने गर्छन्
मेरा अधुरा सपना, मधुरो आशाको किरण लिएर
महको चाकामा फसेको पुतली झैँ
जति फडफडायो उति भासिने
मिठो खाडलमा फसेको छु
न त निस्कन सक्छु, न गुलियोमा रमाउन सक्छु
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया