बेल्जियमका नेपालीहरूले मनाए १६औँ स्मृति दिवस

BreaknLinks
BreaknLinks

बेल्जियमका नेपालीहरूले वरिष्ठ भूगोलविद् डा. हर्क गुरूङ्ग, संरक्षणविद् डा. चन्द्रप्रसाद गुरूङ्गलगायतका २४ जनालाई सम्झदै  १६औँ स्मृति दिवस मनाएका छन्।

तमु समाज र सिक्लेस–पार्चे कल्याण कोष बेल्जियमको सयुक्त आयोजनामा उनीहरूले दिवङ्गत भएका डा. हर्कसहित विभिन्न व्यक्तिहरूलाई सम्झेका हुन्।

१६ वर्षअघि २३ सेप्टेम्बर २००६ का दिन ताप्लेजुङको घुम्सामा हेलिकप्टर दुर्घटनामा परि भूगोलविद् गुरूङसहित २४ जनाले ज्यान गुमाएका थिए। 

तमु समाजका अध्यक्ष ओमराज गुरूङ्ग, सिक्लेस–पार्चेकल्याण कोषाध्यक्ष ओमप्रसाद गुरूङ्ग तथा प्रमुख अतिथि तमु समाज बेल्जियमका संरक्षक क्या. जोग बहादुर गुरूङ्गको समुपस्थितिमा संयुक्तरूपमा दिप प्रज्जवलन गरि कार्यक्रमको उद्धघाटन गरिएको थियो।

कार्यक्रममा  सिक्लेस–पार्चे कल्याण कोष,बेल्जियमका अध्यक्ष ओम प्रसाद गुरूङ्गको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रममा सिक्लेस–पार्चे कल्याण कोषकी उपाध्यक्ष बिना गुरूङ्ग, तमु समाजका महासचिव सुर्य बहादुर गुरूङ्ग, प्रमुख अतिथि क्या. गुरूङ्ग, सिक्लेस–पार्चे कल्याण कोष बेल्जियमका संस्थापक अध्यक्ष गम बहादुर गुरूङ्ग,तमु समाजका सल्लाहकारद्वय नन्दराज घले र होम गुरूङ्गले मन्तव्य दिएका थिए।

कार्यक्रम संचालन सिक्लेस–पार्चे कल्याण कोष बेल्जियमका महासचिव  जीत बहादुर गुरूङ्गले गरेका थिए।

प्रकाशित मिति: : 2022-09-25 07:32:00

प्रतिकृया दिनुहोस्