 
                                            
                                        
                                     
                                ध्रुब बस्याल
हिन्दु नेपालीहरूको महान पर्व बडादसैँलाई महत्वपूर्ण चाडकाे रूपमा लिइन्छ। दसैँ सुरु भएसँगै रोजगारीकाे सिलसिलामा विदेशिएका नेपाली र राजधानी काठमाडौंलगायतका सहरहरूमा अध्ययन-ध्यापन, व्यापार, व्यवसाय र रोजगारी गरिरहेका व्यक्तिहरु गाउँ फर्किने क्रम जारी छ।
दसैँ शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन अर्थात दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म मनाउने गरिन्छ। याे अवधिमा परिवार, आफ्नाे आफन्तसंग भेटघाट गरी खुसीका साथ मनाइन्छ।
 दसैँ कसरी सुरु भयो, यो चाडपर्व कसरी मनाउनुपर्छ र दसैँको महत्व के छ? भन्ने विषयमा सबैले बुझ्न जरुरी पनि छ। यही सन्दर्भमा दसैँ किन मनाइन्छ, यसको महत्व के भन्ने विषयमा बिएल नेपाली सेवाका लागि धार्मिक अभियन्ता अर्पण साधकसँग ध्रुव बस्यालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः
दसैँ कसरी सुरु भयो, यो चाडपर्व कसरी मनाउनुपर्छ र दसैँको महत्व के छ? भन्ने विषयमा सबैले बुझ्न जरुरी पनि छ। यही सन्दर्भमा दसैँ किन मनाइन्छ, यसको महत्व के भन्ने विषयमा बिएल नेपाली सेवाका लागि धार्मिक अभियन्ता अर्पण साधकसँग ध्रुव बस्यालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छः
अहिले दसैँ मनाउन देश तथा विदेशबाट गाउँ फर्किनेहरूकाे लर्को छ। नेपालीहरू जहाँ छन्, त्यहीँ बसेर दसैँ मनाउँदा हुन्न र? किन दसैँ मनाउन आफ्नै ठाउँमा फर्किन्छन् नेपालीहरू?
नेपालीहरु विभिन्न बाँच्ने आधार मानेर देश तथा विदेशमा छरेर बसेका छन्। ढुङ्गे युगदेखि वर्तमान परिवेशसम्म आउँदा यो स्वाभाविक प्रक्रिया हो। गाउँका मान्छेहरु काठामाडौं आउँछन् भने काठमाडौंका मानिसहरु विदेशमा समेत छरिएर बसेका छन्। दसैँ पारिवारिक घनिष्ठता जोड्ने एउटा महान पर्व हो।
पुरातन समयदेखि आजसम्म वर्षमा एक दिन आउने दसैँले पारिवारिक सञ्जाललाई जोड्ने काम गर्छ। यो निकै सान्दर्भिक हुन्छ। किनभने वर्ष दिनभरि मिल्न नसकेको अथवा सम्पर्कबाट टाढा रहेको पारिवारिक, आफन्तजन भेट्ने मुख्य समय हो, दसैँ। समय सान्दर्भिक र मौसमलाई हेर्दा न जाडो, न गर्मी, उपयुक्त पनि हुने। यो स्वछताको समयलाई सदुपयोग गर्नु पनि हो। यो उत्पादनको समेत समय भएकाले सबै कुरा जोड्ने काम बडादसैँ अग्र रुपमा देखिन्छ।
दसैँ किन मनाइन्छ, यसको महत्व के छ?
दसैँको महत्व धेरै किसिमका छन्। दशैं असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ।धर्मशास्त्रअनुसार महिषासुर दानवले देवलोकमा आतङ्क मच्चाएपछि देवी दुर्गाले राक्षसहरूलाई मारेकी थिइन्। दसैँको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरूबीच भएको युद्धको प्रतीक हो भने दशौं दिन दुर्गाले उनलाई पराजित गरेकी थिइन्। त्यसैले यो एउटा विजयको उत्सव हो।
अर्को भगवान रामको विजय उत्सवको रुपमा विजय दशमी मनाउने गरिन्छ। खासमा रावणमाथि रामको विजयको प्रतीक हो, दसैँ।
 मान्यजनहरूको हातबाट टिका लगाइसकेपछि मिठा-मिठा भोजनहरु गरेर पिङ्ग खेल्ने चलन नेपालमा रहेको छ। यो चलन नेपालमा पिता, पुर्खाकालदेखि अहिलेसम्म चलिआएको छ। नेपालमा दसैँका दिन देवीको पूजाआराधना गरी पुराण लगाइ पनि मनाइन्छ।
मान्यजनहरूको हातबाट टिका लगाइसकेपछि मिठा-मिठा भोजनहरु गरेर पिङ्ग खेल्ने चलन नेपालमा रहेको छ। यो चलन नेपालमा पिता, पुर्खाकालदेखि अहिलेसम्म चलिआएको छ। नेपालमा दसैँका दिन देवीको पूजाआराधना गरी पुराण लगाइ पनि मनाइन्छ।
दसैँ पर्व अन्य देशको तुलनामा नेपालमा पूर्णिमासम्म मनाउने गरिन्छ। पूर्णिमा भनेको जागरामपछि विश्राम गर्ने समयको रुपमा लिइन्छ। घटनस्थापनादेखि दशमीसम्म आएर फूल-प्रसाद लगाउने गरिन्छ। पश्चिमी भेगमा टिकाको दिनमा मात्रै मनाउने गरिन्छ। खासमा बडादशौं दश दिन भने पनि यो प्रन्ध दिनसम्म मनाउने गरेको देखिन्छ।
दसैँमा आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टिका र दक्षिणा लिने गरिन्छ, यसको अर्थ के हो?
लिनु भनेको द्रव्य हो। द्रव्य भनेको व्यवहार चल्नको लागि पनि आवश्यक हो। दवतादेखि मान्छेसम्म व्यवहारिक रुपमा चल्ने भएकाले आर्शीवादमा के दिने भन्ने प्रश्न उठ्छ, त्यसको लागि नै दक्षिणा दिइन्छ। यो परम्पराअनुसारको संस्कार हो। दक्षिणा व्यवहारिक रुपमा सबैसँग जोडिएको छ। यो आदानप्रदान पनि हुन्छ।
दसैँमा शाइत हेरेर टिका लगाउने गरिन्छ, शाइतमै टिका लगाउनुपर्ने चाहिँ किन?
ज्योतिषका पाँच वटा अंग हुन्छ। तिथि, बार, नक्षेत्र, योग, कर्म यी अंग हुन्। कुनै गन्तव्यमा पुग्नुभन्दा पहिलो आवशयक कुरा जुटाउनुपर्छ। त्यस्तोसाहित भनेको सबै कुराहरु छ वा छैन भन्ने रुपमा हेरिन्छ।
 पञ्चाङ्ग निर्णायक समितिअन्तर्गतको एउटा शाइत छ, त्यही समयलाई आधार मानेर शुभ होस् भन्ने उदेश्यले सकारात्मक उर्जाका लागि शाइत हेरिन्छ। प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजया दशमी र पूर्णिमा(कोजाग्रत) दसैँका प्रमुख तिथिहरू हुन्।
पञ्चाङ्ग निर्णायक समितिअन्तर्गतको एउटा शाइत छ, त्यही समयलाई आधार मानेर शुभ होस् भन्ने उदेश्यले सकारात्मक उर्जाका लागि शाइत हेरिन्छ। प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजया दशमी र पूर्णिमा(कोजाग्रत) दसैँका प्रमुख तिथिहरू हुन्।
केही व्यक्त्तिहरु आफ्नाे परिवार तथा आफन्तबाट टिका र आशीर्वाद नलिएर राजा, प्रधानमन्त्री, राष्ट्रपति, नेताहरूबाट आशीवार्द लिइरहेका हुन्छन्, के यो उचित हो र?
यो उचित नै हो। अहिले आएर नेताहरुमा समस्या देखिएको हो। नेता भनेको त यो मुलुक चलाउने विवेक र ज्ञानयुक्त कुराले परिपक्क हुनुपर्छ। यस्ता कुराहरूले परिपक्क व्यक्तिहरूबाट आशीर्वाद लिनु सान्दर्भिक हो। हिजोको तुलनामा अहिले अलि फरक देखिन्छ। यो आज पनि जीवित देखिन्छ। दसैँ जसरी उचित लाग्छ, त्यसरी नै मनाउने उत्सव हो।
दसैँ मनाउँदै गर्दा विकृत्ति पनि देखिन्छ, खासमा हिन्दूधर्मबाहेक अन्य धर्म मान्नेहरुले दसैँ मनाउँछन् कि मनाउँदैनन्?
दसैँ एउटा विशुद्ध शक्त्तिको उपसना हो। हरेका काम गर्दा शक्त्तिको आवश्यक हुन्छ। त्यसकरण शक्त्ति सञ्चय गर्नका लागि महत्वपूर्ण छ। हामी नेपालीहरुको दसैँ पर्व मौलिक पर्व हो। नवरात्रीलाई भारतमा भव्य रुपमा मनाउने गरिन्छ। दसैँ हामी नेपालीहरुको खास पर्व हो।
नेपालमा रहेका हिन्दू, क्रिश्चियन, बौद्ध, मुस्लिमलगायत जुनसुकै धर्मका मानिसहरूले पनि मनाउन सक्छन्। मनाउने तरिका फरक होला, मौलिकताको माटोमा पाइला टेकिएकाले यसको मूल्य चुकाउनको लागि भए पनि सबैले मनाउनु पर्छ। यो संस्कृति बचाउनको लागि भएपनि सबैले मनाउनुपर्छ।

 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया