मङ्गलबार, ०५ अगस्ट २०२५

टिकट नपाएपछि एमाले नेत्री विष्टले त्यागिन् एमाले 

News Image
• • •

जिल्ला सदस्यसमेत रहेकी मोरङको पथरी शनिश्चरे नगरपालिकाकी पूर्वउपमेयर यमुना विष्टले एमाले परित्याग गरेकी छिन्।

विष्टले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेकी हुन्। एमाले जिल्ला अध्यक्ष ऋषिकेश पोखरेललाई मेन्सन गर्दै विष्टले लेखेकी छिन्– अब धेरै भयो मेरो इमान निष्ठा सबै भन्दा ठूलो हो आज बाट नै पार्टीबाट बिदा हुने निर्णय गरे।

विष्टले पार्टी परित्याग गर्नुको कारण नखुलेपनि आसन्न निर्वाचनमा भएको टिकट वितरणमा असन्तुष्ट भएर पार्टी परित्याग गरेको स्थानीय नेताहरूले अनुमान गरेका छन्।

पछिल्लो स्थानीय तहको निर्वाचनमा दोहिरिने चाहना पुरा नभएपछि विष्टले प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यको निर्वाचनमा टिकटको अपेक्षा राख्दै आएको स्थानीय नेताहरूले बताएका छन्।

शुक्रबार, आश्विन १४, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)