उत्तराखण्डमा बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली
Symbolic photo
Symbolic photo

भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ। उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो।

स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ।

प्रहरीले बस निकै अप्ठ्यारो स्थानमा दुर्घटनामा परेकाले मङ्गलबार रातिदेखि बुधबार रातिसम्म २४ सै घन्टा उद्धार गरेको थियो।

प्रहरीले मङ्गलार नै घटनास्थलबाट २० ओटा शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको थियो।

उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको थियो। सो दुर्घटनामा घाइते भएकाको मृत्यु भएको हो।

सो दुर्घटनामा परेका २७ जना पुरुष र छ महिलाको शव प्रहरीले भेटेको जनाएको छ। अरु १८ जना अझै पनि घाइतेको उपचार जारी रहेको छ।

दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ। सो पहाडी इलाकामा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2022-10-06 14:09:00

प्रतिकृया दिनुहोस्