आइतबार, १७ अगस्ट २०२५

कांग्रेसले चुनावी घोषणा पत्र सोमबार बिहान सार्वजनिक गर्ने

File photo
• • •

नेपाली कांग्रेसले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने समय सारेको छ।

आज अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना निकालेर सोमबार बिहान १०:३० बजे मात्रै घोषणा पत्र सार्वजनिक गरिने बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताका कारण घोषणा पत्र सार्वजनिक गर्ने समय सरेको बताइएको छ। 

आइतबार, कार्तिक ०६, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!