मङ्गलबार, ०५ अगस्ट २०२५

सी चिनपिङ थप शक्तिशाली : पश्चिमलाई उछिन्ने बाटोमा चीन !

लोकान्तर

लोकान्तर

काठमाडाैँ
News Image
• • •

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन शनिवार समाप्त भएको छ । यसले चीनको सत्तारूढ दलमा अनेकौं ऐतिहासिक परिवर्तन ल्याएको छ । कुल गार्हस्थ्य उत्पादनको सवालमा चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र हो भने जनसंख्याको हिसाबमा संसारकै विशालतम देश हो । अनि चिनियाँ कम्युनिस्ट पार्टी सदस्यहरूको संख्याको सवालमा संसारकै दोस्रो सबभन्दा ठूलो दल हो । त्यसैले पार्टीको महाधिवेशनको गम्भीर असर संसारलाई पर्ने पक्का छ । 

महाधिवेशनमा के भयो भन्ने विषयमा चर्चा गर्नुअघि चीन सरकारले कसरी काम गर्छ भनी बुझ्नु जरूरी छ ।

देशको केन्द्रीय नेतृत्वलाई चिनियाँ कम्युनिस्ट पार्टीको २५ सदस्यीय पोलिटिकल ब्युरोले नेतृत्व गर्छ । पोलिटब्युरो भनिने यस समूहको केन्द्रमा सात सदस्यीय स्थायी कमिटी रहन्छ जसको नेतृत्व राष्ट्रपति सी चिनपिङले गर्छन् । उनलाई समान हैसियतका सबै नेतामध्येका प्रथम मानिन्छ । 

बुधबार, कार्तिक ०९, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)