सुन्दरीको पासोमा ८० वर्षीय वृद्ध, १० सेकेन्डको मस्तीले पुर्‍यायो अस्पताल

कमल प्रभात

काठमाडौं
BreaknLinks
BreaknLinks

सुन्दरताले जुनै उमेर समूहलाई पनि लालायित पार्ने रहेछ। झन् महिलाको सुन्दरताले नछुने मानिस सायदै कम भेटिएला!

उमेरले ८ दशक काटिसकेका वृद्ध पुरुषको मन पनि २५ वर्षीय सुन्दरीको अगाडि धेरै समय टिक्न सकेन। नेपालका एक ८० वर्षीय घरानिया व्यवसायीको फेसबुकमा एक सुन्दर युवतीको रिक्वेस्ट आयो। चिनजान नै नभएकी दक्षिण भारतीय युवतीको रिक्वेस्टलाई उनले सहजै स्वीकार गरे।

अन्तर्राष्ट्रियस्तरको अस्पतालदेखि ठुला-ठुला कलकारखाना र उद्योगका मालिक हुन्, उनी। सुन्दर युवतीले साथी बन्न प्रस्ताव गरेपछि ८० वर्षीय वृद्धले सबै कुरा भुलिदिए। किशोर उमेर समूहका किशोर-किशोरीझैँ साथी बनेकै समयदेखि उनीहरूबीच च्याट सुरु भइहाल्यो। सामान्य हाइ-हेलोबाट सुरु भएको कुराकानी आफ्नो व्यक्तिगत जीवनदेखि व्यावसायिक पाटोसम्म पुगिसकेको थियो।



जब रजनीको फेसबुकमा आफ्नै नाङ्गो भिडियो पोस्ट भयो...

आफ्नै 'नग्न' तस्विरमाथि यत्रो ‘बार्गिनिङ’ !



म्यासेन्जरमा केही दिन च्याट गरेपछि ती युवतीले ह्वाटस्यापमा आउन आग्रह गरिन्। तर, वृद्धले आफूसँग त्यो नभएको बताए। अनि युवतीले डाउनलोड गर्न आग्रह गरिन्। उनले युवतीको कुरा काट्न सकेनन्। नातिको सहयोगमा ह्वाटस्याप डाउनलोड गरे। दुईबीच कुरा गर्ने साधन बन्यो ह्वाटस्याप।

उमेरले हजुरबा-नातिनीको सम्बन्ध अब यौनसँग जोडिन थालेको थियो। उनीहरूबीच यौनका कुरा चल्न थाल्यो। यतिसम्म कि भिडियोमा नग्न भएर एकअर्कामा हराउन थालेका थिए। नग्न भएर भिडियोमा धेरै पटक कुराकानी चल्यो। तर, केही समयपछि ती युवती एकाएक हराइन्। अनि युवतीको ठाउँमा एक पुरुष आएर वृद्धलाई धम्की दिन थाले। रकमको बार्गेनिङ सुरू भयो। त्यसपछि मात्र वृद्ध-व्यवसायी झस्किए।



प्रेमिकाको नग्न फोटो उनैका भाइलाई पठाउने यी कस्ता प्रेमी ?

सुन्दर युवती भिडियो कलमा ‘नाङ्गै’ देखिएपछि...



युवतीको धम्कीपछि उनले पटक-पटक गरेर २ लाखभन्दा बढी रकम भारतमै दिन लगाए। त्यो क्रम राेकिएन, उताबाट रकमको माग आइरहेकै थियो। त्यही बीचमा वृद्धले अब आफूले रकम दिन नसक्ने बताए। त्यसपछि उताबाट सन्देश आयो ‘तेरो छोरीहरू यिनीहरू हैनन्, छोराहरू यिनीहरू हैननन्, आफन्त यिनीहरू हैनन् ? सबैलाई पठाइदिन्छु।’ त्यति भनेपछि ८० वर्षीय वृद्ध बेहास भए। अनि घरमा खैलाबैला मच्चियो। ती वृद्धलाई अस्पताल नै लानुपर्ने अवस्था आयो। आफन्तहरूले नेपाल प्रहरीको साइबर ब्युरो गुहार्न पुगे। साइबर ब्युरोका अधिकारीले केही समयमा त्याे समस्या समाधानको बाटो खोजे।

 ०००

काठमाडौंको एक शिक्षण संस्थामा अध्यापन गर्दै आएका एक डाक्टरको फेसबुकमार्फत एक भारतीय युवतीसँग भेट भयो। अविवाहित ती डाक्टरलाई सुरुमा भारतीय युवतीले वृद्धलाई झैँ फेसबुकमा रिक्वेस्ट पठाएकी थिइन्। हेर्दा दक्षिण भारतीय हिरोइनजस्तै देखिने ती युवतीले डाक्टरको मन कुरै कुरामा जितिहालिन्।



आफ्नै फोटो फेसबुकमा राख्दा आर्यालाई परेको फसाद...

एक नाबालिकाको अभियुक्त पहिचान गर्ने यस्तो 'ट्रिक' : जसले प्रहरी नै चकित



विस्तारै उनीहरू ह्वाटस्यापमा जाेडिन थाले। म्यासेन्जरपछि उनीहरूको कुरा ह्वाटस्यापमा हुन थाल्यो। त्यसपछि उनीहरूबीच यौन संवाद हुन थाल्यो। रमाइलो कुराकानीकै बीचमा युवती भिडियोमा नाङ्गिन थालिन् र उनले डाक्टरलाई अङ्ग प्रदर्शन गर्न प्रस्ताव गरिन्। डाक्टर पनि के कम ?, उनीहरूबीच नग्न अवस्थामा रातभर गफ चल्न थालेको थियो।

राति भएकाले युवतीले अब सुतम् धेरै राति भइसक्याे, भोलि कुरा गरौँला भनिन्। त्यसको केही समयपछि फेरि भिडियो कल आयो, उठाउँदा युवती नभएर एक पुरुष देखिए। डाक्टर अचम्ममा परे। उताबाट जवाफ आयो, ‘खुब रोमान्स किया न, कैसा लगा ?...’ त्यति भनेपछि डाक्टरले फोन काटे, फोन आइरह्यो। त्यसपछि धम्कीपूर्ण म्यासेज आउन थाल्यो। डाक्टरलाई रातभरी तनाव भयो। रात बिताउन डाक्टरलाई हम्मेहम्मे भयो। भोलिपल्ट बिहान १० नबज्दै डाक्टर प्रहरीको साइबर ब्युरोमा पुगे। घटनाबारे प्रहरीलाई सबै सुनाए। भिडियो फेसबुकमा हाल्ने धम्की आएको समेत उनले बताए।

०००

रातको ८ बजेको थियो, एक दम्पती घरमा बसिरहेका थिए। श्रीमानको फोनमा एक भारतीय नम्बरबाट बारम्बार फोन आइरहेको थियो। बारम्बार फोन आएपछि श्रीमतीले श्रीमानलाई फोन उठाउन कर गरिन्। श्रीमानले फोन उठाए। अनि भारतीय एक युवतीले अत्यन्तै जरुरी भएको र साथमा श्रीमती भए केही समय छुट्टै ठाउँमा जान आग्रह गरिन्। त्यसपछि श्रीमान बाहिर कौसीमा गए।

उनीहरूबीच त्यहाँ केही समय कुरा भयो। त्यो समयभित्र युवतीले आफ्नो अङ्ग प्रदर्शन गरिसकेकी रहिछन् र ती पुरूषले पनि युवतीलाई अङ्ग देखाइसकेका रहेछन्। त्यो कुरा भारतीय युवतीले रेकर्ड गरिन् र भोलिपल्ट त्यही भिडियो उनै पुरूषलाई पठाएर रकम माग गर्न थालिन्। त्यही कुराकै कारण उनीहरूको दम्पतीबीच झगडा भयो। त्यसपछि श्रीमतीले साइबर ब्युरो गुहारेर समस्याबाट निस्किन्।



एक 'फेसबुक रिक्वेष्ट'जसले कम्बोडिया पुर्‍याएर यौनदासी बनायो 

यी भाइ जसले 'नाङ्गो' फोटो देखाएर दिदीलाई लुटिरहे



यी माथिका तीन घटना त उदाहरण मात्र हुन्। अहिले नेपाल प्रहरीको साइबर ब्युरोमा दैनिक यी र यस्ता दर्जनभन्दा बढी गुनासा तथा उजुरी आउने गरेका छन्। कोही ब्युरोमै गएर उजुरी गर्छन् भने कोहीले इमेल तथा फोनमा गुनासो गर्ने गरेका छन्।

दैनिकजसो यस्ता घटना बढेपछि ब्युरोले सचेत रहन भन्दै बेला-बेला सार्वजनिक सूचना नै जारी गर्ने गरेको छ। डाक्टर, वकिल, प्राध्यापकदेखि घराना व्यापारीसमेत यस्ता घटनाका सिकार भएका छन्।

सामाजिक सञ्जालकाे प्रयोग गर्दा विचार पुर्‍याउनुपर्ने ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्याल बताउँछन्। बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने, ‘सामान्य व्यक्ति मात्र हैन, पढे-लेखेका तथा विद्वान व्यक्ति नै यसरी ठगको जालोमा पर्ने गरेकाे देखियो।’

उनका अनुसार ब्युरोमा आउनेहरू अधिकांश ठगिइसकेको हुन्छन्। नचिनेको तथा नयाँ नम्बर, विदेशका नम्बरहरू नउठाउन समेत एसएसपी अर्याल सुझाउँछन्।

प्रकाशित मिति: : 2022-11-11 21:50:00

प्रतिकृया दिनुहोस्