बिहिबार, २१ अगस्ट २०२५

ईश्वर पोखरेलको घरदैलो (फोटो फिचर)

News Image
• • •

काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रचारमा व्यस्त छन्।

कांग्रेसका युवा नेता प्रदीप पौडेलसहितका उम्मेदवार प्रतिस्पर्धामा रहेका बेला उनीहरुको चुनौती चिर्नेगरी पोखरेल घरदैलोसहित चुनावी कार्यक्रम व्यस्त छन्।

यसपटक पनि विजयी भएर उक्त क्षेत्रमा ह्यार्टिक गर्ने रणनीतिमा रहेका पोखरेल दैनिक मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्।

सूर्य चुनाव चिह्नसहित झण्डा, ब्रोसरलागयतका चुनावी प्रचार सामग्री लिएरमात्र होइन आफ्नो र पार्टीको आगामी कार्यक्रमका एजेण्डा लिएर पोखरेल मतदाताकोमा गइरहेका छन्। घरदैलोमा पुगेका बेला मतदाताले पनि उनलाई मत दिने आश्वासन दिएका छन्। 

 

सोमबार, कार्तिक २८, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)