
बिएल संवाददाता
उपाधि दाबेदार अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ।
मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो।
पहिलो हाफमा लियोनेल मेस्सीको पेनाल्टीको मद्दतले अर्जेन्टिनाले अग्रता लिएको थियो। तर, दोस्रो हाफको सुरुवातमा नै साउदीले बराबरी गोल फर्कायो।
खेलको ४८औँ मिनेटमा सालेह अलसेहरीले बराबरी गोल गरे । ५३ औँ मिनेटमा सलेम अलदावसरीले गोल गर्दै साउदीको पुनरागमन पूरा गरे।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया