धनकुटाका सबै क्षेत्रमा एमालेको अग्रता कायमै, पछ्याउँदै गठबन्धन

BreaknLinks
BreaknLinks

धनकुटामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले अग्रता कायमै राखेका छन्। पछिल्लो विवरणअनुसार उनले १५ हजार ३३६ मत पाएका छन्।

सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार सुनिल थापा १४ हजार ७६५ मतका साथ दोस्रो स्थानमा छन्। माओवादी परित्याग गरी स्वतन्त्र उम्मेदवार दिएका हेमराज भण्डारीले ३७२० मत पाएका छन्।

यस्तै दुवै प्रदेशसभातर्फ पनि एमालेका उम्मेदवार अग्रता बनाएका छन्। प्रदेश(१) मा एमालेका निरन राई अग्रस्थानमा छन्। उनले ७९३३ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अर्जुनकुमार राईले ४७७२ मत ल्याएका छन्। जनता समाजवादी पार्टीका रकम चेम्जोङले ४२५० मत पाएका छन्।

यसैगरी प्रदेश (२) मा एमालेका इन्द्रमणी पराजुलीले ८८२९ मत पाउँदा नेकपा माओवादी केन्द्रकी कुसुम श्रेष्ठले ६५०६ मत ल्याएकी छिन्।
 

प्रकाशित मिति: : 2022-11-23 13:44:00

प्रतिकृया दिनुहोस्