
बिएल संवाददाता
क्यानडालाई १-० ले पराजित गर्दै बेल्जियमले कतार फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ।
अहमद बिन अलि स्टेडियममा बुधबार राति मिसी बात्सुयीको निर्णायक गोलमा बेल्जियमले महत्वपूर्ण तीन अंक जोडेको हो। उनले खेलको ४४ औं मिनेटमा गरेका गोल नै निर्णायक बन्यो।
यस अघि खेलको ११औं मिनेटमा क्यानाडाका अल्फन्सो डाभिसले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन्। उनको पेनाल्टी बेल्जियम गोलरक्षक कोर्टुवाले बचाएका थिए।
समूह एफमा जितसँगै बेल्जियमले तीन अंक जोडेको छ। क्यानाडाको कुनै अंक छैन।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया