लिबियाली युद्धप्रति राष्ट्रसंघीय चासो

लिबियामा युद्धका क्रममा बाँकी रहेका विस्फोटक पदार्थप्रति संयुक्त राष्ट्रसङ्घीय निकायहरुले चासो व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घीय बालकोष, युनिसेफ र संयुक्त राष्ट्रसङ्घीय माइन एक्सन सर्भिस्, युएनएमएसले यस विषयमा चासो व्यक्त गरेका हुन्।

युद्धका क्रममा बाँकी रहेका विस्फोटक पदार्थहरुबाट यहाँका बालबालिकाको ज्यान जाने क्रम बढ्दै गएको प्रति यी संस्थाले सो चासो व्यक्त गरेका अधिकारीहरुले जानकारी दिएका छन्।

यसहप्ता अर्का एकजना बालकले पनि यहाँ बेवारिसे अवस्थामा फालिएको ग्रिनेड खेलाउने क्रममा ज्यान गुमाउनु परेको भन्दै ती संयुक्त राष्ट्रसङ्घीय संस्थाले यस विषयमा लिबियाली सरकार र यहाँका सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन्।

युद्धका क्रममा फालिएका यस्ता ग्रिनेट तथा अन्य विस्फोटक पदार्थहरु बालबालिकाले खेलौना भनेर खेलाउने र ती विस्फोट हुँदा उनीहरुको ज्यान जाने क्रम बढेको बताइएको छ। यसरी बेवारिसे अवस्थामा फालिएका सबै प्रकारका विस्फोटक पदार्थहरुको व्यवस्थापनका लागि संयुक्त राष्ट्रसङ्घीय निकायहरुले यहाँको सरकारको ध्यानाकर्षण गराएका छन्।

यस विषयमा सबैलाई जानकारी दिने, नागरिकमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने र बेवारिसे अवस्थामा फालिएका यस्ता वस्तुहरु नछुने सुनिश्चितता नागरिकमा गराउन पनि आग्रह गरिएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: : 2022-11-24 16:50:00

प्रतिकृया दिनुहोस्