
बिएल संवाददाता
कतार विश्वकप–२२ अन्तर्गत आज चार खेल हुँदैछन्। विश्वकपमा समूह चरण अन्तर्गत समूह 'जी' र समूह 'एच' का दुई–दुई खेल हुनेछन्।
पहिलो खेलमा समूह 'जी' मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ। क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। क्यामरुन र सर्बिया आज पहिलो जितको खोजीमा हुनेछन्। क्यामरुन र सर्बियाले पहिलो खेल हार व्यहोरेका थिए।
दोस्रो खेलमा समूह 'एच' को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ। कोरिया र घानाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ। पहिलो खेलमा बराबरी खेलेको दक्षिण कोरिया पहिलो जितको खोजीमा रहेको छ। घाना पनि पहिलो दोस्रो जित चाहन्छ।
तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ। समूह 'जी' मा रहेको ब्राजिल र स्विट्जरल्यान्ड खेल राति ९:४५ बजे सुरु हुनेछ। ब्राजिल र स्विट्जरल्यान्ड लगातार दोस्रो जितको योजनामा रहेका छन्।
त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ। समूह 'जी' मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२:४५ बजे सुरु हुनेछ। पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ। उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया