स्पेनलाई स्तव्ध पार्दै जापान अन्तिम १६ मा, जर्मनी घर फर्क्यो

जापानले स्पेनलाई २–१ ले पराजित गर्दै आफूलाई अन्तिम १६ मात्र पुर्याएको छ। १–० ले पछि परेको जापानले खेलमा फर्कदै स्पेनलाई स्तव्ध पारेको हो।

यो जीतसँगै समुह ई मा पहिलो हुँदै जापान अन्तिम १६ मा पुग्यो। जापानको यो अप्रत्यासित जीतसँगै विश्व फुटबल महाशक्ति राष्ट्र जर्मनी अन्तिम १६ नपुग्दै विश्वकपबाट बाहिरियो। खेलमा पराजित भएर पनि स्पेन भने अन्तिम १६ मा पुग्यो।  जर्मनी र स्पेनको समान चार अंक भए पनि गोलान्तरमा स्पेन अगाडि रह्यो।

समुह ई कै अर्को खेलमा जर्मनीले कोस्टारिकालाई ४–२ ले पराजित त गर्यो। तर, यो जीत जर्मनीका लागि जारी विश्वकप फुटबलको अन्तिम १६ मा पुग्न पर्याप्त्त भएन।

समूह ई को समुहगत खेल सकिएका छन्। समुहमा जापान पहिलो हुँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गर्दा उसले क्रोयसियालाई प्रतिस्पर्धी पाएको छ। जापान र क्रोएसियाबीचको खेल सोमबार हुने छ।

यसैगरी समूह ई मा दोस्रो स्थानमा रहदै क्वार्ट फाइनलमा प्रवेश गरेको स्पेनले क्वार्टरफाइनलमा पुग्न मंगलबार मोरक्कोलाई पराजित गर्नुपर्ने छ।

प्रकाशित मिति: : 2022-12-02 02:25:00

प्रतिकृया दिनुहोस्